२९ पुष, गोरखा । गोरखाको हरमटारी खेलमैदानमा जारी ११ औ गोरखा महोत्सव एवं कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा कपडा तथा फेन्सीका सामानहरुले पनि स्थान पाउने भएका छन् ।
शुक्रवारबाट कपडा तथा फेन्सीका स्टलहरु रहने आयोजक गोरखा उद्योग वाणिज्य संघले जनाएको छ । यसअघि संघले कपडा तथा फेन्सीका सामानहरु नराख्ने बताएको थियो । ‘हामीले कृषि, घरेलु, हस्तकला र जडिवुटी लगायतका समानहरुलाई स्टलमा प्राथमिकता दिएका छौ,’ संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले भने, ‘तर अझै पनि केही स्टलहरु खाली हुने भएकाले गोरखा कपडा तथा फेन्सी व्यवसायी संघसँग समन्वय गरेर आपसी सहमतिमा कपडा तथा फेन्सीका आइटमलाई पनि स्टल दिने निर्णय गरेका हौ ।’

मेलाको तेस्रो दिन आज बिभिन्न कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । चर्चित लोक दोहोरी गायिका विवता वानिया (जेरी), राधिका हमाल, अस्मिता अधिकारी, बिजय वानिया, अमेश उपकोरटी लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । ‘चर्चित लोक दोहोरी गायक पशुपति शर्मा आज आउने भन्ने थियो तर उहाँको स्वास्थ्य अवस्थाका कारण माघ २ गतेलाई सारियो,’ श्रेष्ठले भने ।
पुष २७ गतेबाट शुरु भएको महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।

पर्यटन प्रवद्र्धनका लागी महोत्सव गरिएको आयोजकले जनाएको छ ।



































