Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

आफ्नो निर्वाचन क्षेत्रको योजनाप्रति उर्जा तथा जलस्रोत मन्त्री देवकोटाको चासो

"स्थलगत अनुगमन गर्दै समस्या बुझ्दै "

योजना अनुगमनको क्रममा आइतवार आफ्नै गाउँ (पालुङटार नगरपालिका–३ राउतेपानी) पुगेका गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटालाई स्थानीय गौरादेवी देवकोटाले गुनासो गर्न भ्याइ हालिन्, ‘घर जाने बाटो नभएर अरुको आँगनबाट हिड्नु परेको छ, बाटो बनाइदिनुप¥यो ।’ हास्दैँ ठट्यौली पारामा थपिन्, ‘यो मन्त्री मेरो भाई हो, दाइको छोरा पर्छ ।’ मन्त्री मुसुक्क हाँसे, जवाफ फर्काएनन् । फर्कने क्रममा नजिकै गएर भने, ‘बाटोहरु बनिरहेका छन् पीर नलिनु ।’

Advertisement

अनुगनमकै क्रममा पालुङटार नगरपालिका–९ कुडुलेफाँट पुगेका उनलाई स्थानीयले खोलाबाट खेत बचाइदिन आग्रह गरे । खार खोलामा आएको बाढीले बाँध र कुलो दुवै भत्काएपछि वस्ती जोखिममा परेको उनीहरुको गुनासो थियो । ‘बिर्दि संरक्षण योजना भनेर बर्षेनी केही बजेट पथ्र्याे तर अहिले त्यो पनि कटौती गरिदियो,’ स्थानीय कृष्णबहादुर अधिकारीले भने, ‘बर्खा लागेसी खेतमा खोला पस्छ, यसलाई नियन्त्रण गरिदिनुप¥यो ।’

मन्त्री देवकोटाले खार खोला र चुक्ति खोलाको बिषयमा आफूले सदनमा पटक पटक आवाज उठाएको बताए । गत बर्ष तटवन्धबारे कुनै नीति नबनेकाले समस्या भएको भन्दै उनले यो बर्ष खार खोला र चुक्ति खोलालाई बिशेष योजनाका रुपमा सिफारिस गरेर पठाइएको जानकारी गराए । ‘यही फाँटमा तपाईहरु बस्नुहुन्छ, अव फाँट नै नरहे तपाईहरु कहाँ बस्ने ? यो चिन्ता मलाई पनि छ,’ उनले भने ।

मन्त्री देवकोटा शनिवार र आइतवार दिनभरजसो आफ्नो निर्वाचन क्षेत्रको योजना अनुगमनमा व्यस्त भए । खानेपानी र सिंचाईका मात्र नभई पूर्वाधार बिकास कार्यालय र सामाजिक बिकास कार्यालय अन्तरगत कार्यान्वयन भइरहेका योजनाहरुको पनि स्थलगत निरिक्षण गरे । कार्यान्वयन चरणको अवस्था र समस्या बारे बुझे । अनुगमनमा उनीसँग खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय, पूर्वाधार बिकास कार्यालय र सामाजिक बिकास कार्यालयका प्रमुख एवं कर्मचारी तथा सम्बन्धित पालिकाका अध्यक्ष समेत थिए ।

अनुगमनको क्रममा स्थानीयले बजेट अभावका कारण कतिपय योजना अलपत्र परेको गुनासो गरे । पर्याप्त बजेट विनियोजन गरिदिनुपर्ने माग राखे । गोरखा नगरपालिका–१२ स्थित स्याउली बजार खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेको उपभोक्ता समिति अध्यक्ष लोकबहादुर थापाले मन्त्रीलाई जानकारी गराए । उक्त योजनाका लागि स्रोत सुनिश्चित भइसकेकाले निर्माण कार्य अघि बढाउन मन्त्री देवकोटाले निर्देशन दिए ।

लिफ्टिङ खानेपानी आयोजनाको हकमा उपभोक्ताको पनि दायित्व सिर्जना गरिने उनले बताए । भने, ‘योजना सम्पन्न नभएसम्म सरकारको जिम्मा हो, सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिसकेपछि संचालन तथा मर्मतको काम उपभोक्ता आफैले गर्नुपर्छ ।’ त्यसका लागि छुट्टै कोष बनाउन उनले उपभोक्ता समितिहरुलाइ निर्देशन समेत दिए । बिकास निर्माणका काममा राजनीतिक आग्रह–पूर्वाग्रह नराख्न समेत उनले आग्रह गरे ।

दुई दिनको जिल्लामा बसाईमा उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका खानेपानी, सिंचाई, सडक, खेलमैदान लगायतका योजनाहरुको अनुगमन गरेका छन् । अनुगमनको क्रममा अधिकांश स्थानीयले परेका योजनाहरुमा पर्याप्त बजेट विनियोजन गरिदिन माग गरे । केही नयाँ योजनाका लागि पनि उनीहरुले आग्रह गरे । आफ्नै पलहमा जिल्लामा केही बजेटहरु थप भएको जिकिर गर्दै उनले थप पहल गरिरहेको बताए ।

केही समयअघि मात्र गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रदेशबाट विनियोजित योजनाहरुको कार्यान्वयनमा आइपर्नसक्ने समस्या तत्काल सम्बोधन एवं कार्य प्रगति र गुणस्तर अध्ययन गर्न सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुको संयोजकत्वमा अनुगमन तथा मूल्याकंन समिति निर्माण गरेको छ । सोही अन्तरगत देवकोटाको अध्यक्षतामा निर्माण भएको समितिले गोरखा निर्वाचन क्षेत्र नम्वर २ क का योजनाहरु अनुगमन गरेको हो ।

देवकोटा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बाट गोरखा २ क प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.