Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने

गोरखामा प्रथम पृथ्वीनारायण गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको सम्झनामा यही माघ २४ गतेबाट प्रतियोगिता गर्न लागिएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजक जिल्ला खेलकुद बिकास समिति गोरखाले सो कुरा जानकारी गराएको हो ।

Advertisement

गोरखा नगरपालिका–१० छेवेटारस्थित खेलमैदानमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको समिति अध्यक्ष प्रेमबहादुर तामाङले बताए । ‘कुल आठ टिम सहभागी हुन्छन्,’ उनले भने, ‘ए डिभिजनका कम्तिमा चार र बिभागिय दुई टिम समावेश गराउने भनेका छौ ।’ अन्य मोफसलका क्लबहरु हुने उनले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपाधी बिजेता टिमले ८ लाख नगद पुरस्कारको साथमा ट्रफि प्राप्त गर्ने छ । उपबिजेता टिमले ४ लाख नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । उत्कृष्ट खेलाडी, गोलरक्षक, प्रशिक्षक र गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको तामाङले बताए ।

प्रतियोगिता फागुन २ गतेसम्म चल्ने छ । खेल क्षेत्रको बिकाससँगै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य आयोजकको छ । गोरखा जिल्लाको हालसम्मको सर्वाधिक पुरस्कार राशी भएको यो पहिलो प्रतियोगिता हो । प्रतियोगिता गर्न करिव ८२ लाख लाग्ने अनुमान आयोजकको छ । हालसम्म गण्डकी प्रदेश सरकारबाट १५ लाख र गोरखा नगरपालिकाबाट ५ लाख रकम सुनिश्चित भएको बताइएको छ । आर्थिक सहयोगका लागि सरकारी निकाय तथा बिभिन्न संघसंस्थासँग समन्वय भइरहेको समिति अध्यक्ष तामाङले बताए ।

यही पुष २७ गते प्रतियोगिता गर्ने भनिएपनि विविध कारणवश केही ढिलाई भएको उनको भनाइ छ । पहिलो पटक हुन लागेको गोल्डकपले आगामी दिनमा पनि निरन्तरता पाउने बताइएको छ ।

आइतबार, पुष १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.