Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा–काठमाडौं एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

३०४ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा–काठमाडौ एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु भएको छ । सोमवार गोरखा दरवारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो ।

Advertisement

राज्य एकीकरणको क्रममा राजा पृथ्वी नारायणशाहद्धारा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको पदमार्गमा सेनाले यात्रा गर्ने छ । अधिकृत कमाण्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज गण) को झण्डा सहित पदयात्रामा निस्किएका छन् । सेनाको पहिलो पाँच कम्पनीसहित रुद्रध्वज गण, भैरव गण, शेर गण, भैरवीदल गण र शार्दुलगणको टोली यात्रामा सहभागी छन् ।

सोमवार एक कार्यक्रमकाबीच उनीहरुलाइ टर्च र झण्डा हस्तान्तरण गरेर बिदाई गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी भोलानाथ थापाले र स्थानीय जनप्रतिनिधिले संयुक्त रुपमा उनीहरुलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

पदयात्रामा निस्किएको टोलि पिपलथोक, ताप्ले, अश्राङ, बोर्लाङ हुदै आज घाटवेशी पुगेर टर्च र झण्डा धादिङको भैरव गणलाई बुझाउने छ । धादिङले नुवकोटको शेर गण र नुवाकोटले पौष २६ गते काठमाडौंको शार्दुल गणलाई हस्तान्तरण गर्ने छ ।

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हनुमानढोकामा आयोजित कार्यक्रममा सहभागी हुने नेपाली सेनाको रुद्रध्वज गणका गणपती बिरोध रिजालले बताए ।

नेपाली सेनाले २०७६ सालदेखि पदयात्रा सुरु गरेको हो । एकीकरण मार्गमा रहेको कोट र गढी संरक्षणका गर्ने उदेश्य समेत रहेको बताइएको छ । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसली थोकर, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा दरवार हेरचाह अड्डा प्रमुख बिष्णु पाठक लगायतको मन्तव्य राखेका थिए ।

बुधबार, पुष २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.