Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

चुमनुब्री पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोरखाको चुमनुब्री गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रम आयोजना गरेर पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले बताए ।

Advertisement

१६ देखि २३ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप लाए नलाएको र १५ महिनामुनिका बालबालिकाले नियमित खोप लाए नलाएको सर्वेक्षण गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको उनले जानकारी दिए ।

‘बालबालिकाहरुले लगाउनुपर्ने खोप लाए नलाएको र नियमित भए नभएको भनी घरधुरी सर्वेक्षण गर्दा सबैले खोप लाएको पाइयो अनि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो’, उनले भने । पालिकामा रहेका सात वटा वडालाई पूर्ण खोप वडा घोषणा गरिएसँगै पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको गुरुङको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ, पालिकाको प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछाने लगायतको उपस्थितिमा पालिकालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका घोषणा गरेको थियो । प्रदेश जनस्वास्थ्य कार्यालयले हरेक वर्ष १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुले १५ महिनाभित्र लगाउनु पर्ने सबै खोपहरु लगाए/नलगाएको खोजी गर्ने गर्दछ । सो उमेर समुहका बालबालिकाहरुले १५ महिना अवधिमा लगाउनु पर्ने खोप छुटेको भए कार्यालयले पुनः उनीहरुलाई खोप लगाउने गरेको छ ।

पालिकाहरुले त्यस्ता बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप लगाइदिने स्वास्थ्य कार्यालयको भनाई छ । सबै पालिकाहरुले खोप लगाउन छुटेका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप लगाएसँगै त्यसको विवरण जिल्लामा पठाउने गर्दछ । जिल्ला स्वास्थ्य कार्यलयले उक्त विवरण प्रदेशमा र प्रदेशले केन्द्रमा विवरण बुझाएसँगै केन्द्रले जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता जिल्ला’ घोषणा गर्ने गरेको छ ।

शुक्रबार, असार ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.