Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा कारागारमा फैलियो डेंगु र इन्फ्लुएन्जा ‘ए’ भाइरस

गोरखा कारागारमा डेंगु र इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण फैलिएको छ । १२ जना कैदीवन्दीमा डेंगु र ४ जनामा इन्फ्लुएन्जा भाइरस संक्रमण पुष्टी भइसकेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

केही दिनअघि रुघाखोकी र ज्वँरो आएर उपचारका लागि अस्पताल लगिएका पाँच जना कैदीवन्दीमध्ये दुई जनामा डेंगु पुष्टी भएपछि अन्यको पनि नमूना परीक्षण गरिएको थियो । ‘दुई जनामा डेंगु संक्रमण देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालय, प्रदेश अस्पताल र गोरखा नगरपालिकाबाट हामी संयुक्त रुपमा कारागार गएर नमूना परीक्षण ग¥यौ,’ प्रदेश जनस्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन नारायण अर्यालले भने, ‘२९ जनाको रगतको नमूना परीक्षण गर्दा दश जनामा डेंगु देखियो ।’

चार जनामा भने इन्फ्लुएन्जा ‘ए’ भाइरसको संक्रमण देखिएको उनले बताए । उनीहरुको घाटी र नाकबाट स्वाव निकालेर परीक्षणका लागि प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा पठाइएको थियो । कारागारमा आइसोलेट भएर बस्न सक्ने अवस्था नरहेकाले अन्यमा पनि संक्रमण फैलन सक्ने जोखिम रहेको अर्यालको भनाइ छ ।

इन्फ्लुएन्जा ए भाइरस संक्रमितहरुका लागि आज औषधी आइपुग्ने प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख डा. सिमृन काफ्लेले बताइन् । ‘यसको औषधी यहाँ पाइदैन, बिभागबाटै आउनुपर्छ,’ उनले भनिन्, ‘आज औषधी आइपुग्छ ।’ संक्रमण फैलिएकाले सतर्कता अपनाउन आग्रह गरिएको र स्वास्थ्य सचेतना समेत गराइएको उनले बताइन् ।

कारागार प्रमुख बसन्त खत्रीका अनुसार संक्रमितहरुको उपचार भइरहेको छ । संक्रमित सबैलाई मास्क अनिवार्य गरिएको उनले बताए । ‘ठाउँ साँघुरो भएकाले संक्रमितहरु आइसोलेट भएर बस्न सक्ने अवस्था छैन तर हामीले सक्दो सतकर्ता अपनाएका छौ,’ उनले भने । कैदीवन्दी भेटघाटमा भने रोक नलगाइएको उनले जानकारी दिए ।

उनका अनुसार हाल गोरखा कारागारमा कुल १ सय ८ जना कैदीवन्दी छन् ।

सोमबार, भदौ १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.