Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

रास्वपाको बेवास्ताले असन्तुष्ट थिए बाबुराम

डा. बाबुराम भट्टराई आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाको दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय सार्वजनिक भएसँगै जिल्लाको चुनावी माहौल थप तंरगित बनेको छ । सामाजिक सञ्जालमा मिश्रित खालका टीकाटिप्पणी आइरहेका छन् ।

Advertisement

भट्टराईको उम्मेदवारी फिर्तासँगै गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रलोपा उम्मेदवारविहीन बनेको थियो । सोही कारण प्रलोपाको मत आफ्नो पक्षमा पार्न अन्य दल प्रयासरत देखिन्थे । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी र कांग्रेसले प्रयास गरिरहेका थिए । धेरैको अड्कल प्रलोपाले रास्वपालाई सहयोग गर्छ भन्ने थियो । तर, प्रलोपाले कांग्रेसलाई समर्थन गर्ने निर्णय बाहिरिएको छ ।

विगतमा कांग्रेससँग हुँदै आएको सहकार्य यस पटक पनि निरन्तरता दिएको प्रलोपाले बताए पनि भित्री कुरा भने अर्कै रहेको स्रोतको दाबी छ । मुख्यतः भट्टराई र प्रलोपा पछिल्लो समय रास्वपासँग असन्तुष्ट रहेको बताइन्छ ।

यसको कारण फागुन २१ को चुनावसँगै जोडिएको छ । गोरखा-२ मा उम्मेदवारी दिँदा भट्टराईले रास्वपाको साथ खोजेका थिए । रास्वपाकै समर्थनमा चुनाव लड्न चाहन्थे । जेनजी आन्दोलनपछि उनले  राजनीतिमा सक्रियता बढाउनुको कारण पनि त्यही थियो ।

जेनजी आन्दोलनपश्चात् नयाँ पार्टीहरू एकसाथमा आउनुपर्ने पक्षमा उभिएर भट्टराईले रवि लामिछानेदेखि बालेन शाहसम्मलाई भेटेर एक हुन आह्वान पनि गरेका थिए । जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री बन्दा शपथग्रहण समारोहमा पनि उनी पुगेका थिए । त्यसपछिका अन्य संवादका क्रममा पनि उनी जोडिँदै आएका थिए ।

वैकल्पिक शक्तिका बिचमा सक्रिय भएर अभिभावकीय भूमिका खेल्ने भट्टराईको चाहना थियो । त्यो प्रस्ताव स्वयं रास्वपाले राख्दा उनी फागुन २१ को चुनाव लड्न हौसिएका थिए । त्यही हौसलाका आधारमा उनले गोरखा-२ मा उम्मेदवारी दर्ता गराएका थिए । तर, रास्वपाले उनलाई समर्थन गर्न चाहेको देखिएन । उल्टै रास्वपाबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी प्रतिस्पर्धी भएर मैदानमा उत्रिए ।

त्यसपछि भने २०६४ सालमा देशमै सर्वाधिक लोकप्रिय मत पाएका भट्टराई अलमलमा परे । यद्यपि उनले उम्मेदवारी दर्तापछि पनि केही दिन रास्वपासँग छलफलको प्रयास गरेका थिए । रास्वपाले उनको प्रयासलाई बेवास्ता गरिदियो । रास्वपा भट्टराईसँग औपचारिक छलफल गर्नसमेत तयार देखिएन ।

‘रास्वपासँग गोरखा–२ मा हामीलाई सहयोग गरे हामी गोरखा–१ मा सहयोग गर्छौँ भन्ने प्रस्ताव गरेका थियौँ,’ प्रलोपाका नेता यानप्रसाद भट्टले भने, ‘तर उहाँहरू मान्नुभएन । रास्वपाले अरू दलको अस्तित्व स्वीकार गर्न सकेको देखिएन ।’

रास्वपाको साथ दिने संकेत नदेखेपछि अन्ततः भट्टराई ‘ब्याक’ भएर उम्मेदवारी फिर्ता लिए । भट्टराईसँगै प्रलोपाले गोरखा–१ बाट पनि प्रत्यक्षतर्फको उम्मेदवारी फिर्ता लिएको थियो ।

त्यसपछि भने २०६४ सालमा देशमै सर्वाधिक लोकप्रिय मत पाएका भट्टराई अलमलमा परे । यद्यपि उनले उम्मेदवारी दर्तापछि पनि केही दिन रास्वपासँग छलफलको प्रयास गरेका थिए । रास्वपाले उनको प्रयासलाई बेवास्ता गरिदियो ।

भट्टराईले उम्मेदवारी फिर्ता लिँदा पछि रास्वपाको सहयोगमा राष्ट्रपति बनाउने चर्चासमेत चलेको थियो । त्यसपछि त्यही किसिमले रास्वपाले छलफल गर्ने आशा भट्टराईमा थियो । तर रास्वपाले त्यसपछि पनि संवाद गर्न चाहेन । त्यसपछि भने रास्वपाले भट्टराई र पार्टीकै अपमान गरेको अनुभूति गरेको प्रलोपाले कांग्रेसलाई समर्थन गर्ने मनस्थिति बनाएर निर्णयमा पुगेको स्रोतको दाबी छ ।

यो निर्णय जिल्ला स्तरबाटै भएको प्रलोपा जिल्ला अध्यक्ष नारायण खत्री बताउँछन् । ‘उम्मेदवारी थुतेर गएपछि जिल्लाबाटै मिलाउनु म हस्तक्षेप गर्दिनँ भनेर बाबुरामजी जानुभएको हो । आवश्यकताअनुसार हामीले जिल्ला स्तरबाटै सहकार्यको निर्णय गरेका हौँ,’ खत्रीले भने ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले कांग्रेससँगको सहकार्यलाई आफूले सकारात्मक रूपमा हेरेको बताए । ‘म प्रलोपाको कार्यकारी भूमिकामा छैन । अभिभावक र शुभचिन्तक मात्र हुँ,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘स्थानीय स्तरको आवश्यकतालाई हेरेर जिल्लाले निर्णय गर्ने छुट पार्टीले दिएको छ । त्यहीअनुसार निर्णय गर्‍यो, त्यसमा मेरो सद्भाव छ ।’ रास्वपासँगको असन्तुष्टिबारे भने उनले बोल्न चाहेनन् ।

प्रलोपाको साथले दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको भन्दै कांग्रेस भने हौसिएको छ ।  ‘हामी जितको नजिक-नजिक थियौँ,’ कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले भने, ‘प्रलोपाको समर्थनले अत्यधिक मतसहित जित्ने भयौँ ।’ विगतमा पनि प्रलोपासँग सहकार्य हुँदै आएको बताउँदै उनले यसपटकको सहकार्यले थप उत्साह थपेको जिकिर गरे ।

गोरखामा प्रलोपाको संगठन मजबुत नभए पनि भट्टराईको हकमा सहानुभूति र विश्वास गर्ने जनमत ठुलो छ । पछिल्लो समय उनका अधिकांश समर्थक रास्वपा, नेकपालगायतका दलमा विभक्त भइसकेका छन् ।

प्रलोपाको साथले दुवै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको भन्दै कांग्रेस भने हौसिएको छ ।

भट्टराईले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीबाट गोरखा–२ मा अत्यधिक मतका साथ जितेका थिए । २०७४ मा भने नयाँ शक्ति पार्टी बनाएका उनले कांग्रेससँगको गठबन्धनबाट जित निकालेका थिए । २०७९ को चुनावमा उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा–२ छाडेका थिए ।

यस निर्वाचनमा गोरखा–२ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, एमालेबाट मिलन गुरुङ ‘चक्रे मिलन’, नेकपाबाट लेखनाथ न्यौपाने र रास्वपाबाट कवीन्द्र बुर्लाकोटीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।

यस्तै गोरखा–१ मा कांग्रेसका प्रेमकुमार खत्री, एमालेका रामचन्द्र लामिछाने, नेकपामा हरिराज अधिकारी र रास्वपाका सुधन गुरुङ प्रतिस्पर्धामा छन् ।

आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.