Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

कविन्द्र बुर्लाकोटी : पहिले पराजय अहिले बिजय

गत निर्वाचन (२०७९) मा प्रचण्डसँग पराजय भोगेका कविन्द्र बुर्लाकोटी यो निर्वाचनमा बिजयी बने । त्यो पनि फराकिलो मतान्तरले ।

Advertisement

उनले २६ हजार ६६० मत ल्याउँदै गर्दा उनलाई पछ्याइरहेका कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत मात्र प्राप्त गरे । नेकपा तेस्रो स्थानमा देखियो । नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत ल्याए । एमालेका चक्रे मिलनले ३ हजार ८७ मत पाए । ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ३ हजार ९ मत बदर भएको छ । कुल मतदाता संख्या भने १ लाख ८ हजार ५३३ रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनको चेपुवामा बुर्लाकोटी थिए । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी समेतको समर्थनले प्रचण्ड उनीमाथि हावी हुन पुगे । १३ हजार ४७२ को फराकिलो मतान्तरले पराजित भए । प्रचण्डले २६ हजार १०९ मत ल्याउँदै गर्दा बुर्लाकोटीले १२ हजार ६३७ मत प्राप्त गरेका थिए । हारेपनि रास्वपा गठन भएकै वर्ष संसदीय चुनावको पहिलो अनुभव बटुल्ने अवसर उनले पाएका थिए ।

त्यही हारको बदला लिदै अहिले बुर्लाकोटी सांसद बनेका छन् । संसद छिर्ने उनको दोस्रो प्रयास सफल भएको छ । गोरखा–२ का जनताले उनलाई मतपेटिकाबाट अनुमोदन गरेर पठाएका छन् ।

पालुङटार नगरपालिका–९ का उनी रास्वपाको संस्थापक सहमहामन्त्री हुन् । करिब तीन वर्ष सहमहामन्त्रीको पद सम्हालेका उनी गत असारमा महामन्त्री बने । तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई रास्वपाले अनुशासनको कारबाही गरेपछि बुर्लाकोटीले उपल्लो तहको कार्यकारी भूमिकाको पद प्राप्त गरेका थिए । उनी रास्वपाको संगठन विभाग प्रमुख समेत हुन् ।

नेसनल युथ फेडेरेसनमा समेत विगतमा आबद्ध भएका उनी ‘नयाँ नेपाल, बेटर नेपाल’ अभियानका संयोजक रहेर काम गरेका थिए । पालिका क्षमता विकास केन्द्र संस्थाको कार्यकारी निर्देशक भएर उनले विगतमा एक वर्ष काम गरे । ४६ वर्षीय कविन्द्रसँग व्यावसायिक रूपमा ट्राभलको क्षेत्रमा पनि काम गरेको अनुभव छ । उनी नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्वविद्यार्थी हुन् ।

सोमबार, फागुन २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.