Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

"चाडवाडको समयमा बाढीले गाउँबाटै उठिबास लगायो "

काखमा १६ महिनाको बच्चा च्यापेर सल्लेरीकी कमला गुरुङ सोमवार आरुघाट आइपुगिन् । नेपाली सेनाको हेलिले उद्धार त ग¥यो तर उनको न गाँसको टुंगो छ न बासको । बूढीगण्डकी बाढीले घरसँगै सबै कुरा बगाएपछि उनी बिचल्लीमा परेकी छन् । शरीरमा लगाएको एक सरो लूगावाहेक उनीसँग बाँकी केही छैन । ‘लूगाफाँटादेखि सबै कुरा बाढीले बगायो,’  पीडा पोख्दै उनले भनिन्, ‘अब के खाने कहाँ बस्ने केही टुंगो छैन ।’

Advertisement

सल्लेरीकै सुन्दर गुरुङको पीडा पनि उस्तै छ । मुश्किलले ज्यानसम्म जोगाएका उनको पनि बाढीले सर्वस्स लुट्यो । ‘मान्छे परिएन तर अरु केही बाँकी रहेन, सबै सोरेर लग्यो,’ उनले भने । बाढी आउँदा उनी निद्रामै थिए । एक्कासी ठुलो आवाज सुनेपछि भागेर घरभन्दा थोरै माथि के पुगेका थिए आँखै अगाडी बाढीले उनको घर बगायो । ‘घरभित्रको केही सामान निकाल्न पाइएन, यो लगाएको कपडा पनि अरुसँग मागेको हुुँ,’ उनले भने । दैनिक गुजारा चल्ने उपाय नदेखेपछि उनी परिवारसहित गाउँ छाडेर आएका छन् । कामको खोजिमा राजधानी छिर्ने भन्दै उनी सोमवार आरुघाट आइपुगेका थिए । ‘गाउँमा बसेर पनि केही छैन, भएको सबै बगायो,’ उनले भने, ‘तत्काल बाटो खुल्ने अवस्था पनि छैन । खानलाई समस्या हुने देखियो त्यसैले गरिखाने ठाउँ खोज्न काठमाडौ जान लागेको ।’

उनीहरुको जस्तै पीडा धेरैको छ । बिशेष गरी सल्लेरी, पैंयु, बगर, जगत, माछिखोला, आरुघाटको शान्तिबजार, सोती लगायतका स्थानीय बाढीबाट बढी प्रभावित छन् । सो क्षेत्रका एक सयभन्दा बढी घरहरु पूर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चाडवाडको समयमा उनीहरुको गाँस र बास दुवै खोसिएको छ ।

घरवारविहीन भएकाहरु आफन्त र छिमेकीकोमा शरण लिएर बसेका छन् । बिकल्प नहुनेहरु धमाधम गाउँ छाड्दै छन् । राहत र पुनस्र्थापनामा जोड दिन उनीहरुको माग गरेका छन् ।

टुट्यो उत्तरी गोरखासँगको सम्पर्क

बाढीले उत्तरी गोरखासँगको सम्पर्क टुटाएको छ । पदमार्गमा क्षति पुगेपछि चुम उपत्यकाको सम्पर्क टुटेको प्रशासनले जनाएको छ । पदमार्गमा रहेका पुलहरु बगेका छन् । दुई वटा पक्की मोटरेवल पुलसहित १० वटा पुल बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘सोतीबाट मान्वु जोड्ने र आरुघाटबाट धादिङ जोड्ने दुई वटा पक्की मोटरेवल पुल बगायो,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘धार्चे गाउँपालिका–१ दोभानबाट उहिया जोड्ने बेलिब्रिज र केही झोलुङ्गे पुल पनि बगेका छन् ।’ उनका अनुसार चुमनुव्री गाउँपालिका–३ नाग्चेतबाट सिर्दिवास, माछिखोलाबाट केरौजा, दोभानबाट हुल्चुक, लोक्पाबाट गुमलुङ जाने झोलुङ्गे पुल बगाएको छ । त्यस्तै पैंयु र ठाडोभ¥याङमा रहेको झोलुङ्गे पुलसँगै चुमनुव्री गाउँपालिका–६ लोक्पाबाट गुमलुङ जाने क्यान्टिलिभर पुलमा समेत क्षति पुगेको उनले जानकारी दिए । पदमार्गसँगै पुलहरुमा क्षति पुगेपछि सो क्षेत्रसँगको सम्पर्क टुटेको उनको भनाइ छ ।

चुम उपत्यकाको पदयात्रामा रोक

चुमउपत्यकाको पदयात्रामा रोक लगाइएको छ । आइतवारको बाढीले क्यान्टिलिभर पुलदेखि बिभिन्न स्थानको पदमार्गमा समेत क्षति पु¥याएकाले अस्थायी रुपमा पदयात्रामा रोक लगाइएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।

चुमनुब्री–६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि छेकम्पार जाने पदमार्ग अवरुद्ध बनेको हो । धार्चे गाउँपालिकाको माछाखोलादेखि चुमनुब्रीको जगतसम्मको बाटोका धेरै स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले बताए । सामागाउँ जान चाहने पदयात्री भने हेलिकप्टरबाट सिधै फिलिमसम्म जान सक्ने उनले जानकारी दिए । ओझाका अनुसार फिलिमदेखि लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित अवस्थामा छ । तर, माछाखोलादेखि जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

पदमार्ग खुलाउन आग्रह

बाढीसँगै गएको पहिरोले अवरुद्ध पदमार्ग खुलाउन उत्तरी गोरखाका स्थानीयले माग गरेका छन् । अन्यथा खाद्य संकट हुन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । ‘माथि खाद्यान्न छैन, खच्चडले तलबाट बोकेर ल्याउने हो,’ चुम्चेतका शेराप गुरुङले भने, ‘बाटो बन्द भएकाले खाद्यान्न ल्याउन सकिएको छैन, भोकमरी लाग्ला भन्ने चिन्ता छ ।’ पदमार्ग मर्मत गरेर खच्चडबाट खाद्यान्न ढुवानी गर्ने व्यवस्था मिलाईदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

उद्धारसँगै राहतपनि

बाढीसँगै आएको पहिरोमा परी पाँच जना सम्पर्कविहीन छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ । बाढीमा फसेकाहरुको उद्धारसँगै राहत वितरणको काम पनि भइरहेको उनले जानकारी दिए । ‘हालसम्म करिव चार सय जनाको उद्धार गरिसक्यौ,’ उनले भने, ‘उद्धारमा नेपाली सेनाको तीन वटा हेलिकप्टर प्रयोग भएको छ ।’ सँगै राहत वितरणको काम पनि भइरहेको उनले बताए ।

त्रिपाल, खाद्यान्न, औषधी, लाइट, सोलार, जेनेरेटर, लत्ताकपडा लगायतका राहत सामाग्री हेलिमार्फत प्रभावित क्षेत्रमा पठाइएको र एकद्धार प्रणालीबाट वितरण गरिएको उनको भनाइ छ ।

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो
बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.