Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

अनौठो संस्कार : जहाँ महिलाहरूले आफ्नो बिहेको दिनमात्र नुहाउँछन्

संसारमा धेरै रहस्य तथा अनौठो परम्पराहरु छन् । कतिपय मानिसहरूको रहनसहन तथा खानपानले अरुलाई नै अचम्ममा पार्दछ । आजको आधुनिक संसारमा पनि यस्ता धेरै ठाउँ तथा समुदायहरू छन् जहाँका मानिसहरूले आदीम परम्पराहरु निर्वाह गर्दै आएका छन् ।

Advertisement

अफ्रिका महादेशको नामिबिया देशमा बस्ने हिम्बा नामक आदिवासी समुदायमा पनि यस्तै एउटा अनौठो परम्परा छ जसलाई आधुनिक यूगको परिभाषामा असभ्य पनि लाग्न सक्दछ । उक्त आदिवासी समुदायका महिलाहरूले आफ्नो जीवनकालमा केवल एकपटक मात्र नुहाउँछन् ।

वास्तवमा हिम्बा आदिवासी समुदायका महिलाहरूले आफ्नो जीवनमा केवल बिहेको दिन मात्र नुहाउने गर्दछन् । जीवनमा केवल एक पटक मात्र नुहाउने भए पनि उनीहरू सधै फ्रेस देखिन्छन् । उक्त आदिवासी समुदायका महिलाहरूले बिहेको दिनमात्र नुहाउन पाउँछन् र उनीहरूले अन्य बेला हातमुख धुन र कपडा धुनसमेत पानीको प्रयोग गर्न पाउँदैनन् ।

जीवनमा बिहेको दिनमा बाहेक पानीले नुहाउन नपाउने यी महिलाहरू जीउलाई सफा तथा ताजा राख्नका लागि विभिन्न खाले जडीबुटीहरूको प्रयोग गर्दछन् । त्यस्ता जडीबुटीहरूलाई पानीमा उमालेर त्यसकै बाफले शरीर सफा गर्दछन् ।

घामबाट छालालाई जोगाउनका लागि विशेष खालको लोसन प्रयोग गर्दछन् जुन जनावरको बोसो र फलाम जस्ता खनिज तत्वबाट बनेको  हुन्छ । उक्त लोसनले उनीहरूलाई लामखुट्टेलगायतका किराहरूबाट पनि जोगाउँछ । उक्त समुदायका महिलालाई रेड म्यानको नामले पनि चिनिन्छ ।

उनीहरूले जीउको तल्लो भागमा केवल लुंगी जस्तो कपडा लगाउँछन् भने माथिल्लो भाग प्रायः नांगै हुन्छ । साथै उनीहरूले विशेष खालको गहना लगाउने गर्दछन् । यो समुदायका मानिसहरू निकै धार्मिक स्वभावका हुन्छन् । बच्चाको जन्मका बेला पनि त्यहाँ विशेष समारोह गरिन्छ ।

एजेन्सी

सोमबार, असार ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अनौठो कुप्रथा : जहाँ ८ सय रुपैयाँमै भाडामा पाइन्छ अर्काकी पत्नी
संसारकै अनौठो देश, जनसंख्या ३० जना तर आफ्नै सेना र मुद्रा
जीउमा ६ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.