Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

संसारकै अनौठो देश, जनसंख्या ३० जना तर आफ्नै सेना र मुद्रा

आफ्नै देश होस्, आफैंले निर्धारण गरेको सिमाना होस्, आफ्नै सेना र मुद्रा होस्, आफ्नै संविधान होस् र अझ आफू नै त्यो देशको शासक हुन पाइयोस् । सायद यस्तो कुरा कल्पनामा मात्रै हुन्छ भन्ने लाग्नसक्दछ तपाईंलाई । तर संसारका केही मानिसले चाहिं यसलाई यथार्थमा परिणत गरिदिएका छन् ।

Advertisement

संसारमा केही त्यस्ता देशहरू छन् जसको जनसंख्या १०० भन्दा कम छ । भलै ती देशहरुलाई संयुक्त राष्ट्रसंघ तथा अन्य मुलुकहरुले देशको मान्यता दिएका छैनन्, तर त्यहाँका मानिसहरू पूर्ण स्वतन्त्रताका साथ बिन्दास जिन्दगी बिताइरहेका छन् । उसो त विश्वमा संयुक्त राष्ट्रसंघका सदस्य १९३ र पर्यवेक्षक २ गरी १९५ वटा मात्रै सार्वभौम मुलुक छन् । तर यी बाहेक अन्य यस्ता देशहरु पनि छन् जसले आफूलाई छुट्टै स्वतन्त्र राष्ट्र भएको दाबी गर्दछन् तर उनीहरुलाई राष्ट्रसंघ वा अन्य कुनै पनि देशले त्यस्तो मान्यता दिएका हुँदैनन् ।

यस्ता स्वघोषित तथा स-साना भूक्षेत्रहरूलाई माइक्रोनेशन अर्थात सुक्ष्म देश भनिन्छ । त्यस्ता देशहरुसँग आफ्नो सिमाना र कानुन हुन्छ । आफ्नै बैंकिङ व्यवस्था र सैनिक पनि रहने गरेको छ । गुगलको माइक्रोनेसन म्याप अनुसार हाल पृथ्वीमा यस्ता सुक्ष्म देशको संख्या ६७ पुगेको छ । त्यसमध्ये कतिपय देशको क्षेत्रफल केवल केही एक्कड मात्रै छ भने एउटा मुलुकको जनसंख्या त जम्मा ३० मात्रै छ ।

सुक्ष्मदेश मध्ये सबैभन्दा अनौठो कहानी रिपब्लिक अफ मोलोसियाको छ । यो देशको सीमाभित्र केवल ३४ वटा जीव बस्दछन् । त्यसमध्ये ३० जना मानिस हुन् भने ४ जना कुकुर । यो देशको कुल क्षेत्रफल जम्मा २.२८ एक्कड छ । यो क्षेत्र अमेरिकाको नेवादा राज्यसँगै छ ।त्यहाँका शासकको नाम केभिन बघ हो ।

नेवादाको डेयटेन भ्यालीमा रहेको उक्त माइक्रोनेसनको आफ्नै मुद्रा पनि छ । त्यसको नाम भ्यालोरा हो । उक्त देशको केन्द्रीय बैंकको रुपमा बैंक अफ मोलोसा छ भने चिपयुक्त सिक्का र नोटसमेत छापिएको छ ।

रोचक त के भने यो देशमा कुकुरलाई पनि नागरिकता दिइन्छ । शासक केभिन बघको परिवारमा पत्नी र तीनवटा सन्तान छन् । शासक बघले सधै सैनिक पोषाक लगाउने गर्दछन् र आफ्नो बर्दीमा विभिन्न खालका पदकहरु झुण्डाउने गर्दछन् । उनले आफैंलाई विभिन्न खाले सैनिक पदवी दिइसकेका छन् । उनी आफूलाई एक स्वतन्त्र देशको शासक मान्दछन् र त्यहाँ घुम्न आउने बाहिरी व्यक्तिहरुलाई आफैं सिमानामा गएर स्वागत गर्दछन् ।

सन् १९९० मा रिपब्लिक अफ मोलोसियाले पूर्वी जर्मनीसँग युद्धको घोषणा गरेको थियो । सन् २००६ मा रिपब्लिक अफ मोलोसियाको एक अर्को सुक्ष्म मुलुक मुस्टाचेस्टनसँग युद्ध भयो । उक्त युद्धमा केभिन बघले जित हासिल गरे र सजायको रुपमा मुस्टाचेस्टनका शासकले ६ वर्षसम्म हरेक महिना एक भ्यालोरा जरिवाना दिनुपरेको थियो । सन् २०१० मा एक अर्को सुक्ष्म मुलुकसँग मोलोसियाको युद्ध भएको थियो ।

रिपब्लिक अफ मोलोसियाले दुई पटक आफ्नो राष्ट्रिय गान परिवर्तन गरिसकेको छ । यो मुलुकको झण्डा निलो, सेतो र हरियो गरी तिरंगा स्वरुपमा रहेको छ । एजेन्सी  

अनलाइनखवरको सहयोगमा

आइतबार, असार २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अनौठो कुप्रथा : जहाँ ८ सय रुपैयाँमै भाडामा पाइन्छ अर्काकी पत्नी
अनौठो संस्कार : जहाँ महिलाहरूले आफ्नो बिहेको दिनमात्र नुहाउँछन्
जीउमा ६ लाख ३७ हजार मौरी राखेर विश्व कीर्तिमान

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.