Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा कांग्रेसले कुनै पनि दलसँग तालमेल नगर्ने

बैशाख ११, गोरखा । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेसले गोरखामा अन्य दलसँग तालमेल नगर्ने भएको छ । आइतवार जिल्ला कार्यसमिति बैठक बसेर एकल रुपमा चुनाव लड्ने निर्णय गरिएको पार्टीं जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले बताए ।

Advertisement

‘सत्ता गठवन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठवन्धन टिकेन,’ बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यसैले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको हो ।’ शनिवार बसेको गठवन्धनको संयन्त्र बैठकमा पनि दलहरुले आ-आफ्नो हिसावले चुनाव लड्ने निर्णय गरेका थिए ।

चुनावी तालमेलका लागी आफूहरुले हदैसम्मको लचकता अपनाएको न्यौपानेले बताए । ‘केन्द्रिय समितिले बनाएको नीति अनुसार २०७४ सालको स्थानीय तह चुनावमा जुन दलले जहाँ जितेको छ, जसको मतभार बढी छ त्यही उसको रहने र बाँकीमा संगठनको अवस्था हेरेर सिट बाँडफाँट गर्ने भन्ने थियो, त्यही नीतिलाई टेकेर हामीले यसअघिको चुनावमा जितेको ९ पालिका र ४५ वडा माग्यौ, माओवादीले ६ पालिका दावी ग¥यो र जनता समाजवादी पार्टीले तीन वटा पालिका माग्यो, त्यसमा हामी लचक भएर सात पालिकासम्म झ¥यौ तर उहाहरुले त्यति लचकता नदेखाएपछि गठवन्धन टुटेको हो,’ उनले भने ।

तीन पालिका, २५ वडा र १०० सदस्य मागेको जसपाले शुरु देखि नै पार्टीको संगठनिक अवस्था एकीन गर्नका लागी मित्रवत प्रतिस्पर्धामा जाने प्रस्ताव गर्दै आएको उनले बताए । त्यसकै कारण पनि गठवन्धन टुटन सहयोग पुगेको उनको भनाइ छ ।

नमिलेको खण्डमा मित्रवत प्रतिस्पर्धा गर्न सकिने केन्द्रको प्रावधान समेत रहेकाले कांग्रेस एकल रुपमै चुनावमा लड्ने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार जिल्लाको एघार वटै पालिका र ९४ वटै वडामा कांग्रेसले उम्मेदावरी दिने छ । उम्मेदवारको टुङ्गो भने आइतवार साँझसम्म लागिसक्ने उनले बताए ।

आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.