Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

पहिरोले समस्याग्रस्त मुग्लिन–काठमाडौं सडकखण्ड अन्तरगतको कृष्णभिर छल्ने गरी वैकल्पिक सडक निर्माण कार्य अघि बढेको छ । बेनिघाटबाट फिस्लिङ जोड्नेगरी गोरखातर्फबाट नयाँ ट्रयाकसहित सडक स्तरोन्नतीको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार, फिस्लिङपारी गोरखातर्फको पल्लोटारदेखि सिउरेनटारहुँदै बेनिघाट निस्कने छोटो दुरीको सडक छ । कुल १९ किलोमिटर दुरीको उक्त सडकलाई वैकल्पिक मार्गको रुपमा स्तरोन्नति गर्न लागिएको कार्यालय प्रमुख बिनोद पुनले बताए । ‘उक्त खण्डमा १.२ किमि नयाँ ट्रयाक खोलेर सडक स्तरोन्नती गर्ने हो,’ उनले भने, ‘दुवै योजनाको ठेक्का लागेर काम सुरु भइसकेको छ ।’ दुई वटा प्याकेजमा ठेक्का खुलाएर काम अघि बढाइएको उनले जानकारी दिए ।

नयाँ ट्रयाक खन्नका लागि छेवेटार कन्स्ट्रक्सन गोरखासँग सम्झौता भएको छ । एक महिनामा काम सम्पन्न गर्ने गरी यही असोज ५ गते सम्झौता भएको कार्यालयका इन्जिनियर आशिक रिजालले बताए । ‘डवल लेनको करिव सात मिटर चौडा सडक ट्रयाक हुन्छ,’ उनले भने, ‘उक्त कामका लागि १ करोड ७५ लाख २६ हजारमा सम्झौता भएको छ ।’

त्यस्तै करिब ६.५ किमि सडक (वेनिघाटपारी सिउरेनटारदेखि घ्याच्चोकटारहुँदै ज्यामिरेघाट फिस्लिङसम्म) स्तरोन्नतीका लागि हेटौडाको अनुज कन्स्ट्रक्सनसँग सम्झौता भएको उनले जानकारी दिए । कात्तिक ५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएर काम अघि बढेको उनले बताए । ‘अहिलेको सडकलाई चौडा बनाएर डवल लेनमा स्तरोन्नती गर्ने हो, यसको सम्झौता रकम १ करोड ७७ लाख ८१ हजार रहेको छ,’ उनले भने ।

उक्त खण्डको बाँकी १० किमि सडक कालोपत्रेका लागि यसअघि नै ठेक्का लागिसकेको छ । प्रदेश र केन्द्र सरकारको समपुरक बजेटबाट ठेक्का लागेर काम अघि बढेको हो । तर ठेकेदारले काममा ढिलासुस्ती गरेको स्थानीयको गुनासो छ ।

पृथ्वी राजमार्गको बैकल्पिक सडकको रुपमा हेरिएको उक्त सडकखण्डमा भइरहेको कामको शुक्रवार निरिक्षण समेत भएको छ । गोरखा सडक योजनाको समन्वयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द कुमार मिश्र, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, सुरक्षा निकायका प्रमुख लगायतको टोलीले निरीक्षण गरेको हो । निरीक्षणको क्रममा टोलीले निर्माण कम्पनीसँग कामको प्रगतिबारे जानकारी समेत लिएको थियो ।

शनिबार, असोज १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.