Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा उम्मेदवारी दिनेमा पुरानै अनुहार बढी

बैशाख १६, गोरखा । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेमा बढी पुरानै अनुहार दोहोरिएका छन् । जिल्लाका मुख्य दलहरुबाट उम्मेदवारी दिएका अधिकांश यसअघिको स्थानीय तह निर्वाचन ९२०७४० मा पनि उम्मेदवार थिए ।

Advertisement

नेपाली कांग्रेसको तर्फबाट गोरखा नगरपालिकाको मेयरमा पुनः राजनराज पन्तको उम्मेदवारी परेको छ । उनी नगरपालिकाका मेयर समेत हुन् । उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएर उनले पुनः मेयरमा मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै पालुङटार नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेसका दिपक बाबु कडेलले यसअघि मेयर जितेका हुन् । त्यस्तै उपमेयरमा चेत कुमारी श्रेष्ठको उम्मेदवारी परेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट उपमेयरको टिकट पाएकी उनी माओवादी केन्द्रकी पम्फा बसेलसँग पराजित भएकी थिइन् ।

धार्चे र गण्डकी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा यसअघिको निर्वाचनमा टिकट पाएकाहरु नै उम्मेदवार बनेका छन् । धार्चे गाउँपालिकाको प्रमुखमा सन्तोष गुरुङ र उपप्रमुखमा फुलमाया गुरुङको उम्मेदवारी परेको छ भने गण्डकी गाउँपालिकाको अध्यक्षमा होम बहादुर राना र उपाध्यक्षमा ललिता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु चारै जना यसअघिको निर्वाचनमा सम्बन्धित पालिकाको प्रमुख उपप्रमुखमा निर्वाचित भएका थिए ।

यसअघिको निर्वाचनमा चुमनुव्री गाउँपालिकाको अध्यक्ष जितेका धन बहादुर घलेले पुनः यसपटकट पनि सोही पदमा टिकट पाएका छन् । आरुघाट गाउँपालिकाको उपाध्यक्ष कल्पना नेपाली, शहिद लखन गाउँपालिकाको उपाध्यक्षमा सर्मिला श्रेष्ठ र सिरानचोक गाउँपालिकाको उपाध्यक्ष रिता देवकोटाले यस पटक पनि सोही पदमा उम्मेदवारी दिएका छन् । यसअघिको निर्वाचनमा पनि उनीहरुले सोही पदका लागी टिकट पाएका थिए । उनीहरुमध्ये नेपाली र देवकोटाले चुनाव जितेका थिए भने श्रेष्ठ माओवादी केन्द्रकी इन्दिरा तिवारीसँग पराजित भएकी थिइन् ।

माओवादी केन्द्रले पनि अधिकांश पालिका प्रमुख उपप्रमुखमा यसअघिकै उम्मेदवारलाई टिकट दिएको छ । गोरखा नगरपालिकाको मेयरमा पुनः कृष्ण रानाको उम्मेदवारी परेको छ । यसअघिको निर्वाचनमा उनी कांग्रेसका राजनराज पन्तसँग पराजित भएका थिए । पालुङटार नगरपालिकाको मेयरमा पनि यसअघिको निर्वाचनमा टिकट पाएका विवश चिन्तनको उम्मेदवारी परेको छ । बारपाक सुुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट र उपाध्यक्ष सनमाया गुरुङले यस पटक पनि पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

भीमसृन थापाको अध्यक्षमा उम्मेदवारी दिएका लोक प्रसाद बञ्जरा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका दिपक देवकोटा, गण्डकी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका दिपक तिमिल्सिना र सिरानचोक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नवराज पुडासैनीले पनि यसअघिको निर्वाचनमा सोही पदबाट चुनाव लडेका थिए । शहिद लखन गाउँपालिकाको अध्यक्ष रमेश थापा र उपाध्यक्ष इन्दिरा तिवारीले पनि यसपटक पुनः सोही पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले र जनता समाजवादी पार्टीले पनि यसअघिको निर्वाचनका केही उम्मेदवारलाई पुनः टिकट दिएको छ ।

शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.