बैशाख १९, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती आएको बा १४ प ७८१ नम्वरको स्करपिओ जिप रोकिराखेको अवस्थामा एक्कासी गुडेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका–१६ का पदम न्यौपाने, बारपाक सुलिकोट गाउँपालिका चनौटेका देवी प्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का उत्तर कुमार सिग्देल रहेको डिएसपी लिलाराज लामिछानेले बताए ।
‘गाडी रोकेर चालक बाहिर निस्केको रहेछ,’ उनले भने, ‘त्यही बेला एक्कासी गाडी पछाडी गुडेर तल खसेछ ।’ गाडी सडकबाट करिव दुई सय मिटर तल खसेको उनले बताए ।
चलाक नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































