गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएको छ । मत खसाल्ने क्रममा कांग्रेस र माओवादीका कार्यकर्ता बिच विवाद भएको हो । उनीहरु बिच हात हालाहाल समेत भएको बताइएको छ ।
बिवाद भएपछि ‘ख’ मतदान केन्द्रमा लगाइएको बार समेत उनीहरुले भत्काएका छन् । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको छ । विवादका कारण केही समय मतदान प्रक्रिया पनि स्थगित भएको ‘क’ मतदान केन्द्रका सहायक निर्वाचन अधिकृत बिमल रेग्मीले बताए ।
‘उनीहरुले मतदान केन्द्रको बार भत्काए, कर्मचारीहरुले ब्यालेट बक्स कोठा भित्र लुकाउनुभयो,’ उनले भने, ‘सर्वदलिय बैठक बसेर अहिले मतदान पुनः सुचारु भइसक्यो ।’ सो मतदान केन्द्रमा अहिले नेपाली सेना सहित थप सुरक्षाटोली खटाइएको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































