३१ बैशाख, गोरखा । गोरखा नगरपालिका वडा नम्वर १ को अध्यक्षमा नेपाली कांग्रेसका हिक्मत बहादुर कुवँर बिजयी भएका छन् ।
कुल खसेको एक हजार २ सय १२ मतमध्ये उनले ४ सय ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिनवन्धु बरालले बताए ।
कुवँरका प्रतिद्धन्द्धी माओवादी केन्द्रका उम्मेदवार गोविन्द प्रसाद भट्टराईले ३७१ र एमालेका उम्मेदवार कुमार वानियाले २८० मत ल्याएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































