३१ बैशाख, गोरखा । गोरखा नगरपालिका वडा नम्वर २ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । अध्यक्षमा रहम तुल्ला मिया बिजयी भएका छन् । उनले ५७६ मत ल्याएका छन् ।
उनका प्रत्यासी उम्मेदवार एमालेका रामशरण वानियाले ४१४ र माओवादी केन्द्रका जियाउर्र रहमान मियाले २९२ मत ल्याएका छन् । उक्त वडाबाट कांग्रेस मेयर उम्मेदवारलाई ५ सय ७३ र उपमेयर उम्मेदवारलाई ५८७ मत झरेको छ । एमालेका मेयर उम्मदेवारलाई ३८० र उपमेयरलाई ३८८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
माओवादी केन्द्रका मेयर उम्मेदवारले ३२४ र उपमेयर उम्मेदवारले २१६ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीको उपमेयरका उम्मेदवारले ८५ मत पाएका छन् ।
उक्त वडामा कुल १४ सय ५ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































