१ जेठ, गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन ।
भौगिलिक बिकटता र सडक सञ्जाल नजोडिएका कारण मतपेटिका संकलनमा ढिलाइ भएकाले गणना शुरु गर्न नसकिएको निर्वाचन अधिकृत नानीबाबु पाखरेलले बताए ।
सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसके पनि आवश्यक प्रक्रिया बाँकी रहेको उनले जानकारी दिए । ‘केही प्रक्रिया बाँकी छ, त्यो पूरा गरेर सर्वदलिय बैठक बस्छौ, अनि गणना शुरु गर्छाै,’ उनले भने ।
आजबाटै गणना शुरु हुने उनले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































