२ जेठ, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ निर्वाचत भएका हुन् । भट्टले ५ हजार ७१९ मत ल्याएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीत बहादुर घलेले ४ हजार ८६४ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा निर्वाचित भएकी गुरुङले ५ हजार ७६५ मत ल्याएकी छन् भने उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार लेखमाया रानाले ४ हजार ५७५ मत प्राप्त गरेकी छन् ।
भट्ट र गुरुङ पुनः दोस्रो कार्यकालको लागी अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन् । उक्त पालिकामा कुल १३ हजार ९३ मत खसेको थियो ।
६ सय २८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































