२ जेठ, गोरखा । गोरखा नगरपालिका वडा नम्वर ७ मा मोआवादी केन्द्रका बिष्णु प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।
उनले ८ सय ६९ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका राम बहादुर खत्रीले ३ सय ३८ मत ल्याएका छन् ।
श्रेष्ठ यसअघिको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































