३ जेठ, गोरखा । गोरखाको धार्चे गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेकपा माओवादी केन्द्र बिजयी भएको छ । अध्यक्षमा लक्ष्मण गुरुङ र उपाध्यक्षमा सुनिला गुरुङ निर्वाचित भएका छन् ।
यसअघिको निर्वाचनमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका सन्त बहादुर गुरुङलाई १ हजार ८२५ को फराकिलो मत अन्तरले हराउँदै लक्ष्मण बिजयी भएका हुन् । लक्ष्मणले ३ हजार ७७१ मत ल्याएका छन् भने प्रतिस्पर्धी उम्मेदवार सन्त बहादुरले १ हजार ९४६ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित सुनिलाले ३ हजार ७७९ मत ल्याएकी छन् । उनकी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी फुल माया गुरुङले १ हजार ९७६ मत प्राप्त गरेकी हुन् ।
सात वटा वडा रहेको उक्त पालिकामा चार वटा वडा (१,२,४,५,७) माओवादी केन्द्र र दुई वटा वडा (३,६) नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



































