४ जेठ, गोरखा । पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो ।
मुचुल्कामा पाँच वटा तर ब्यालेट बक्समा चार वटा मात्र शिल भेटिएपछि विवाद भएको हो । दश वटा वडा रहेको उक्त नगरपालिकामा ६ बाहेक अन्य सबै वडाको मतगणना सम्पन्न भइसकेको छ ।
हालसम्मको नजिता अनुसार मेयरमा माओवादी केन्द्रका उम्मेदवार बिवश चिन्तनले ५ हजार ७८३ र जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम बहादुर गुरुङले ५ हजार ४२२ मत ल्याएका छन् । उनीहरु बिच ३ सय ६१ मत अन्तर छ ।
कांग्रेसका उम्मेदवार दिपक बाबु कडेलले भने ४ हजार ७५५ मत ल्याएका छन् । वडा नम्वर ६ को मगतणना गर्ने क्रममा विवाद भएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































