४ जेठ, गोरखा । पालुङटार नगरपालिकामा रोकिएको मतगणना कार्य सुचारु भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना रोकिएको थियो ।
मतगणना सुचारु गर्न भन्दै निर्वाचन आयोगले निर्देशन दिएपछि मतगणना शुरु गरिएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए । ‘सबै दलहरु सहमत हुनुभयो, तर जनता समाजवादी पार्टीका प्रतिनिधीले हस्ताक्षर गर्न मान्नुभएन,’ उनले भने, ‘अन्य दलका प्रतिनिधीहरुले सहमति जनाउनुभयो र सुरक्षाकर्मीको रोहवरमा समेत मतगणना शुरु गरेका हौ ।’
मतगणना रोकिएपछि निर्वाचन अधिकृतको कार्यालयलाई बुधवार पत्राचार गर्दै निर्वाचन आयोगले सुरक्षाको आवश्यक प्रवन्ध मिलाई मतगणना कार्य प्रारम्भ गर्न निर्देशन दिएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































