९ जेठ, गोरखा । जिल्ला अदालतबाट बिभिन्न मुद्धामा कैद सजाय तोकिएका दुई जना फरार अभियुक्त पक्राउ परेका छन् । आगलागी मुद्धामा पाँच महिना ७ दिन कैद सजाय तोकिएमा गोरखा नगरपालिका–६ का २७ बर्षिय भरत राना र सरकारी छाप दस्तखत किर्ते मुद्धामा ११ महिना ६ दिन कैद सजाय तोकिएका गोरखा नगरपालिका–२ का ३२ बर्षिय फरोज खानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लुकीछिपी बस्दै आएको अवस्थामा रानालाई आइतवार र खानलाई गत बैशाख ३१ गते पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । उनीहरुलाई सजाय भुक्तानका लागी कारागार पडाइएको उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































