१८ जेठ, गोरखा । नेपाल पत्रकार महासंघको हित सम्वद्र्धनका लागी भन्दै निर्माण गरिएको बिभिन्न बिभागको सदस्यमा गोरखाका दुई जना संचारकर्मी मनोनित भएका छन् ।
पत्रकार महासंघ गोरखा शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार भिमलाल श्रेष्ठ रेडियो टेलिभिजन समन्वय बिभागको सदस्य र महासंघका सल्लाहकार दिपक श्रेष्ठ मानव अधिकार बिभागको सदस्यमा मनोनित भएका हुन् ।
महासंघको केन्द्रीय समितिले उनीहरुलाई मनोनित गरेको हो ।
महासंघको बिधानका उदेश्यहरुको परिपूर्ति र महासंघको हित सम्वद्र्धनका लागी महासंघले बिभिन्न बिभाग तथा समितिहरु निर्माण गरेको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































