१९ जेठ, गोरखा । मानव अधिकार तथा शान्ति समाजको २७ औ स्थापना दिवसमा गोरक्षनाथ बैद्धिक गुरुकुललाई खाद्यान्न सहयोग गरिएको छ । समाजको गोरखा शाखाले बिहीवार गुरुकुलमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी चामल, दाल, तेल, नून लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।
शान्ति समाजका जिल्ला सभापति सिताराम तिवारीले एक कार्यक्रमका बिच गुरुकुलका प्रधानाध्यापक इश्वरी प्रसाद उपाध्यायलाई उक्त खाद्य सामग्री हस्तान्तरण गरे । गुरुकुलमा हाल ३२ जना बिद्यार्थी आवासिय सुविधा सहित बस्दै आएका छन् ।
दिवसकै अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत भएको छ । कार्यक्रममा समाजका पूर्व केन्द्रीय कोषाध्यक्ष स्थानेश्वर दवाडी, सचिव गोमा दवाडी, कोषाध्यक्ष सावित्री श्रेष्ठ, कार्यसमिति सदस्य शरद बाबु श्रेष्ठ, आजीवन सदस्य कमला लामिछाने लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































