Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका सिडिओप्रति यातायात व्यवसायी आक्रोशित

२० जेठ, गोरखा । यातायात क्षेत्रको समस्या समाधानमा प्रमुख जिल्ला अधिकारीले चासो नदिएको भन्दै गोरखाका यातायात व्यवसायी आक्रोशित भएका छन् । शुक्रवार गोरखा सदरकमुकाममा आयोजित यातायात सेवा व्यवस्थापनका समस्या, चुनौती र समस्या समाधानका उपाय बिषयक अन्तरक्रिया कार्यक्रममा व्यवसायीले आफ्ना समस्या राख्नु अगावै प्रजिअ शंकरहरी आचार्य कार्यक्रम स्थलबाट बाहिरिएपछि व्यवसायीहरु आक्रोशित भएका हुन् ।

Advertisement

आफ्ना समस्या र गुनासो प्रति वेवास्ता गर्दै प्रजिअ कार्यक्रम स्थलबाट बाहिरिएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । ‘हाम्रो समस्याको सुनुवाइ गर्ने मुख्य व्यक्ति नै सिडिओ हो, तर उहाँ नै कार्यक्रमबाट उठेर गएपछि हामीले कसलाई समस्या सुनाउने ?’

जिल्लामा ट्याक्सी सेवा संचालन गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष सुरेन लामिछानेले प्रश्न गरे । भाडा समायोजनका लागी बैठक बोलाउन आग्रह गर्दै ६ महिना अघि पत्र पठाएपनि प्रजिअले वेवास्ता गरेको उनको गुनासो छ ।

गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले पनि व्यवसायीको समस्यालाई प्रजिअले वेवास्ता गरेको आरोप लगाए । यातायातको बिषयमा छलफल गर्न हालसम्म प्रजिअले बैठक समेत नबोलाएको उनले बताए ।

आक्रोशित व्यवसायीलाई थम्थम्याउदै कार्यक्रम आयोजक यातायात व्यवस्था कार्यालय सवारी कास्कीले पुनः अर्काे कार्यक्रम गरेर यसबारे थप छलफल गर्ने आश्वासन दियो ।

कार्यालयको आयोजनामा भएको एक दिने अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख डिल्लीराम रिजालले कार्यालय दिदै आएको सेवा र चुनौतीको बिषयमा सहजिकरण गरेका थिए ।

त्यस्तै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी गोविन्द अधिकारीले गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापनमा कार्यालयले खेलेको भूमिका र चुनौतीका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।

शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.