२१ जेठ, गोरखा । गोरखा नगरपालिका–१३ स्थित तिन किलोमा शनिवार मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक पालुङटार नगरपालिका वडा नम्वर ५ बाह्रपिर्केका ४५ बर्षिय हरि देवकोटा घाइते भएका छन् ।
ग २१ प ४८८ नम्वरको मोटरसाइकल लिएर बाह्र किलोबाट खैरेनी जादै गरेका देवकोटा विपरित दिशाबाट आउदै गरेको ना ५ ख ५००५ नम्वरको बसमा ठोक्किएर दुर्घटनामा परेका हुन् ।
ट्राफिक प्रहरी प्रकाश अधिकारीका अनुसार यात्रु ओर्लानका लागी रोकिराखेको बसमा मोटरसाइकल ठोक्किएको हो ।
खुट्टामा गहिरो चोट लागेका देवकोटालाई तनहूँको छिम्केश्वरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागी चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको ट्राफिक प्रहरी अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































