२१ जेठ, गोरखा । गोरखाको अस्पतालचोकदेखि बराह हुदै फिनाम जाने सडकखण्डमा सवारी आवागमन बन्द हुने भएको छ । सडक कालोपत्रेको काम भइरहेकाले भोली आइतवार (जेठ २२ गते) बिहान ६ बजेदेखि अर्काे सूचना प्रकाशन नभएसम्मका लागी उक्त सडकखण्डमा सवारी संचालनमा रोक लगाइने पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ ।
बिद्यालयका बस र एम्वुलेन्स भने चल्न पाउने कार्यालयका इन्जिनियर अजय श्रेष्ठले बताए । सडक बन्द रहेको अवधिभर बैकल्पिक बाटो प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।
घ्याम्पेशाल, आरुघाट तर्फ जाने सवारी साधनलाई बसपार्क, धारापानी, चिल्डेनपार्क, सतिपिपल हुदै कोखे आहालेको सडक र फर्कनेलाई कोखेआहाले, सतिपिपल, छहरे, ठुलोआगँन हुदै बसपार्कको रुट प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।
त्यस्तै बुंकोट हुदै नाम्जुङ्ग तर्फ आउजाउ गर्ने सवारी साधनहरुलाई कट्टेलचोक हुदै कट्टेलडाँडा, भुषाल गाउँ, ढुंगागाढेको रुट प्रयोग गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।



































