२२ जेठ, गोरखा । विश्व वातावरण दिवसको अवसर पारेर आइतवार गोरखा नगरपालिका–५ चिल्ड्रने पार्क क्षेत्रमा वृक्षारोपण गरिएको छ । गोरखा जेसिज गोरखाले हरेक बर्ष जस्तै यसबर्ष पनि दिवसको अवसर पारेर वृक्षारोपण गरेको हो ।
कपुर, धुपी, कल्की लगायतका बिरुवा रोपिएको जेसिजका अध्यक्ष शैलेन्द्र भट्टले बताए ।
भट्टको अध्यक्षता तथा जेसिजका कार्यकारिणी उपाध्यक्ष दिनेश दानीको संयोजकत्वमा भएको कार्यक्रममा गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्त, वडा नम्वर ५ का अध्यक्ष खिल बहादुर राना, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, गोरखा जेसिजका पूर्व अध्यक्ष राजिव अधिकारी, भगवान बाबु मास्के, उमेश गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































