Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

पोखराको यातायात कार्यालयले भन्यो : दिनमा ५० भन्दा बढीलाई इम्बोस्ड नम्बर प्लेट दिन सक्दैनौं

२४ जेठ । यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको छ । मंगलबार एक सूचना जारी गरी कार्यालयले आफूहरुसँग सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्ति नभएको भन्दै सबैलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको हो ।

Advertisement

पोखरास्थित यातायात व्यवस्था कार्यालयले नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन सकिने बताएको छ ।कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य सुचारु रहने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’

कार्यालयले आफूहरुको क्षमता दिनमा ४० देखि ५० जनाको बायोमेट्रिक लिने र डकुमेन्ट स्क्यान गर्ने मात्र रहेको बताएको छ । सरकारले एक महिना समयावधि तोकेर सूचना जारी गरेपछि अहिले कार्यालय परिसरमा सवारी साधनको चाप लागेको छ ।

‘साउन १ गतेबाट सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नत्र कारवाही गर्ने भनिएको छ । तर, गण्डकीमा त्यो केही गरी पनि सम्भव छैन,’ कार्यालय प्रमुख डिल्लीराम रिजालले भने, ‘अहिले दर्ता हुने नयाँमा मात्रै दर्ता गरिरहेका छौं ।’

कार्यालयमा दर्ता भएका हाल २ लाख ८६ हजार सवारी साधन छन् । तर, दर्ता गर्न भने दैनिक ५० वटामात्रै ‘सिस्टम’ले दिने रिजालले जानकारी दिए । ‘त्यो भन्दा बढी सिस्टमले नै कुनै हालतमा लिँदैन,’ उनले भने ।

अहिले रोकिएको पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कहिलेबाट सुरु हुन्छ भन्नेबारे नै अन्योल रहेको कार्यालयले जनाएको छ । ‘पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट कहिलेबाट राख्न सुरु गर्ने भन्नेबारे ठ्याक्कै भन्न सकिने अवस्था छैन । विभागलाई पत्राचार गर्छौं, प्रदेशलाई पनि जानकारी दिन्छौं,’ रिजालले भने, ‘पूर्वाधार र जनशक्तिको व्यवस्था भयो भनेमात्रै सुरु हुन्छ ।’

नेपाल सरकारले असार महिनाभित्रै गण्डकी र बागमतीमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचना निकालेको थियो । उक्त सूचनामा साउन महिनाबाट आफ्ना सवारी साधनमा इम्बोस्ड प्लेट जडान नगरे कारवाही जनाइएको छ । एक महिना समय दिएर सरकारले जारी गरेको उक्त सूचनाबारे भने धेरैले लागू गर्न नसकिने भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

नेपाल उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्च गण्डकीले सरकारले असार महिनाभित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न हालै जारी गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला र मञ्चका अध्यक्ष कपिलनाथ कोइराला हस्ताक्षरित उक्त विज्ञप्तिमा औषत १ हजार ८७५ रुपैयाँ पर्नेमा जनतासँग ३ हजार १ सय रुपैयाँ उठाउन खोजेको समेत आरोप लगाएका छन् । उनीहरुले २ वर्षअगाडिबाट लाइसेन्स पनि नवीकरण गर्न नसकिरहेको अवस्थामा सरकारसँग इम्बोस्ड नम्बर रिड गर्न आवश्यक पूर्वाधार पनि उपलब्ध नभएको उल्लेख गरेका थिए ।

मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.