३० जेठ, गोरखा । जिल्ला समन्वय समिति गोरखाले नयाँ कार्यसमिति पाएको छ । सोमवार भएको निर्वाचनबाट प्रमुख उपप्रमुख सहित सदस्यहरु सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित हुने सबै माओवादी केन्द्र निकट हुन् ।
प्रमुखमा गोरखा नगरपालिकाका मोहन बहादुर थापा मगर र उपप्रमुखमा शहिद लखन गाउँपालिकाकी लिला परियार चयन भएका छन् । सदस्यहरुमा मोहन ढकाल (बारपाक सुलिकोट), मोहम्मद हकिम (भीमसेन थापा), शिवप्रसाद रेग्मी (गण्डकी), इन्दिरा देवकोटा (अजिरकोट), मिरा उपरकोटी (सिरानचोक), परमिना घले (धार्चे), गंगाबहादुर बयलकोटी (पालुङटार) चयन भएका छन् । सबै पदमा माओवादी केन्द्रका उम्मेदवारहरुको एकल उम्मेदवारी परेको थियो ।
नवनिर्वाचित जिसस प्रमुख मगरलाई मुख्य निर्वाचन अधिकृत दिनवन्धु बरालले सपथ ग्रहण गराएका छन् । सोमवार जिसस हलमा आयोजित एक कार्यक्रमका बिच सपथ ग्रहण गराइएको हो ।
लगतै जिसस प्रमुख मगरले उपप्रमुख र सदस्यहरुलाई सथप ग्रहण गराएका थिए ।



































