Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

धानवालीमा क्षति पुगेका गोरखाका ४ सय ८६ किसान राहतका लागी सिफारिस

"मन्त्रालयसँग ३९ लाख ८२ हजार रकम माग "

१९ असार, गोरखा । गत बर्ष बेमौसमी बर्षातका कारण धानवालीमा क्षति पुगेका गोरखाका किसानलाई राहत रकम वितरण प्रक्रिया अघि बढेको छ । राहत रकम माग गर्दै राहत रकम निर्धारण समितिले गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

Advertisement

बिभिन्न पालिकाका कुल ४ सय ८६ जना पीडित किसानका लागी ३९ लाख ८२ हजार ७४५ राहत रकम माग गरिएको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । पालुङटार नगरपालिकाका ८६ जना कृषकका लागी ९ लाख २९ हजार, आरुघाट गाउँपालिकाका ९५ कृषकका लागी ६ लाख ८१ हजार र सिरानचोकका ४१ कृषकका लागी ५ लाख ३८ हजार रकम माग गरिएको उनले जानकारी दिए ।

त्यस्तै शहिद लखन गाउँपालिकाका ४५ कृषकका लागी ४ लाख ६८ हजार, बारपाक सुलिकोटका ९८ कृषकका लागी ४ लाख ३२ हजार, भीमसेन थापाका ५१ कृषकलाई ४ लाख ९९ हजार र अजिरकोट गाउँपालिकाका ७० कृषकका लागी ३ लाख ८५ हजार रकम माग गरिएको बताइएको छ ।

‘चुमनुव्री, धार्चे र गण्डकी गाउँपालिकाबाट निवदेन आएन, गोरखा नगरपालिकाको आज टुंग्याउछौ,’ समिति संयोजक भण्डारीले भने । बेमौसमी बर्षाका कारण धानवालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ अनुसार रकम वितरण गर्न लागिएको उनले जानकारी दिए ।

सम्बन्धित पालिकामा रहेको स्थानीय विपद व्यवस्थापन समितिबाट सिफारिस भइ आएका नामावली सहित राहत रकमका लागी मन्त्रालयमा सिफारिस गरिएको समितिले जनाएको छ ।

आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.