Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रमका लागी गोरखाको सुनार वस्ती छनोट

"मौरी घार र बंगुरको पाठापाठी वितरण "

२५ असार, गोरखा । गोरखा नगरपालिका–१३ स्थित सुनार वस्तीका ५२ घरधुरीलाई लक्षित गरी मौरी घार र बंगुरको पाठापाठी वितरण गरिएको छ । विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्तरगत ४० वटा मौरीको घार र ३६ वटा बंगुरको पाठापाठी वितरण गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Advertisement

‘पहिले मौरी पालन सम्बन्धी दुई दिने तालिम दियौ,’ कार्यालय प्रमुख परशुराम अधिकारीले भने, ‘अनि घार र आवश्यक उपकरण उपलब्ध गरायौ ।’ मौरी चरनका लागी ८० थान लिचि, १ सय ५० थान चिउरी र ८० थान कागतीको बिरुवा समेत वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रम अन्तरगत दुई वटा वयर बोका पनि वितरण गरिएको छ ।

सामाजिक र आर्थिक दृष्टिले तुलनात्मक रुपमा पछि परेकालाई आयमूलक कार्यक्रममा सहभागी गराउदै गरिवि निवारणमा टेवा पु¥याउने उदेश्यले चालु आर्थिक बर्षबाट उक्त कार्यक्रम लागू भएको कार्यालयले जनाएको छ । खाद्य सुरक्षा सुनिश्चितता गर्दै आर्थिक रुपमा सवल बनाउने उदेश्य समेत कार्यक्रमको रहेको छ ।

कृषि वा अन्य परम्परागत पेशामा आश्रितहरुको बाहुल्यता भएको वा जीवन निर्वाहका जग्गा जमिन र पेशा व्यवसाय समेत नभएकाहरुको बाहुल्यता रहेको वस्तीलाई प्राथमिकतामा राखेर कार्यक्रम लागू गरिएको कार्यालय प्रमुख अधिकारीले बताए । ‘वस्ती छनोटका लागी जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा सात सदस्यीय समिति बनेको छ, त्यही समितिले स्थलगत निरिक्षण गरेर वस्ती छनोट गरेको हो,’ उनले भने ।

कार्यक्रम अन्तरगत बंगुरको खोर पनि निर्माण गरिएको बताइएको छ । अख्तियारी ढिला आउँदा बाख्रा र कुखुराको खोर निर्माण कार्य भने गर्न नसकिएको कार्यालयले जनाएको छ ।

शनिबार, असार २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.