Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका उद्यमी तथा व्यवसायीलाई मेसिनरी उपकरण वितरण

२५ असार, गोरखा । जिल्लाका उद्यमी तथा व्यवसायीलाई मेसिनरी उपकरण वितरण गरिएको छ । दलित, विपन्न तथा परम्परागत सिप भएकाहरुको व्यवसायिक बिकासका लागी उपकरण तथा प्राविधि हस्तान्तरण कार्यक्रम अन्तरगत  उपकरण वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

Advertisement

शनिवार एक कार्यक्रमका बिच जिल्लाका ३५ वटा उद्योग तथा फर्मलाई मेसिनरी औजार एवं उपकरण वितरण गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए । ८० प्रतिशत अनुदानमा उनीहरुलाई उपकरण वितरण गरिएको उनले जानकारी दिए । ‘हामीले आवेदन माग गर्दा ३५ वटा निवेदन प¥यो,’ उनले भने, ‘आवश्यकता र उपलब्धतालाई हेरेर सबैलाई कार्यक्रममा समेट्यौ ।’

३५ फर्म तथा उद्योगका लागी ५६ वटा उपकरण वितरण गरिएको छ । १६ थान डिजिटल सिलाई मेसिन, ४ थान डिफ्रिज, दुई थान कम्वाइन मिल र दुई थान रुख काट्ने चप कटर वितरण गरिएको कार्यालयले जनाएको छ । त्यस्तै बिग फ्रिज, चेन सो, सिजर, मिनिटिलर, दुई हजार लिटर क्षमताको प्लाष्टिक ड्रम, अटोमेटिक वाटर फिल्टर, पेट्रोल वयल्डिङ मेसिन, कलर प्रिन्टर, व्याट्री, इन्भटर लगायतका उपकरण १÷१ थान पनि वितरण गरिएको बताइएको छ ।

कार्यालय प्रमुख भुजेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मनकामना सूति कपडा उद्योगका तुलसी प्रसाद देवकोटा, गोरखा उद्योग वाणिज्य संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठ, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, लगायतले मन्तव्य राखेका थिए ।

शनिबार, असार २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.