२७ असार, गोरखा । जडिवुटीको अवैध ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका वडा नम्वर ७ का सोम बहादुर गुरुङ र वडा नम्वर ५ का सुक बहादुर गुरुङ रहेका छन् ।
बागमती प्रदेश ०१–०२६ च ८०९२ नम्वरको बोलेरो जिपमा अवैध रुपमा ल्याउँदै गरेको जडिवुटी सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरुघाटबाट खटिएको प्रहरी टोलिले धार्चेबाट आउँदै गरेका उनीहरुलाई आरुघाटको बगैचाबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट तीन सय केजी सेतक चिनी, ४६ केजी वन लसुन र ४२ केजी सतुवा बरामद गरिएको डिएसपी लिलाराज लामिछानेले बताए ।
जडिवुटी ओसार प्रसारमा प्रयोग भएको बोलेरो जिप सहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय पठाइएको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































