९ साउन, गोरखा । राष्ट्रिय बिभूती भीमसेन थापाको २४८ औ जन्मजयन्ती गोरखामा बिविध कार्यक्रम गरी मनाइएको छ । भीमसेन थापा प्रतिष्ठान मूल समारोह समितिको आयोजनामा सोमवार भीमसेन पार्कमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले थापाको योगदानको बारेमा चर्चा गरेका थिए । पार्कमा रहेको भीमसेन थापाको शालिकमा माल्यार्पण समेत गरिएको थियो ।
गोरखा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष लाल प्रसाद भट्टराईको अध्यक्षता तथा गण्डकी प्रदेश सांसद लेख बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा, गोरखा नगरपालिका मेयर कृष्ण राना, यदु अधिकारी, आयोजक समितिका अध्यक्ष अर्जुन प्रताप राणा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिसस उपप्रमुख लिला परियार, जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































