Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

पार्किङको बिषयलाई लिएर गोरखामा ट्याक्सी व्यवसायी बिच विवाद शुरु

१३ साउन, गोरखा । पार्किङको बिषयलाई लिएर गोरखामा ट्याक्सी व्यवसायीहरु बिच विवाद शुरु भएको छ । विगत ६ बर्षदेखि जिल्लामा ट्याक्सी सेवा दिदै आएको गोरखा मनकामना यातायात सेवा प्रालि र हालसालै दर्ता भएर सेवा शुरु गरेको गोरखकाली यातायात सेवा प्रालि बिच विवाद शुरु भएको हो ।

Advertisement

शुक्रवार सदरमुकाम स्थित पुरानो बसपार्कमा ट्याक्सी पार्किङकै बिषयलाई लिएर दुई प्रालि बिच विवाद भएको जिल्ला ट्राफिक इन्चार्ज बेदनाथ भण्डारीले बताए । ‘मनकामना यातायात प्रालिका ट्याक्सीहरु यात्रु कुर्न बसपार्कमा पार्किङ गर्दा रहेछन्,’ उनले भने, ‘नयाँ दर्ता भएको प्रालिका ट्याक्सीहरु पनि त्यही पार्किङ गर्न आएपछि विवाद भएछ ।’ विवाद गर्ने ट्याक्सीहरुलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय पठाइएको उनले जानकारी दिए ।

मनकामना प्रालिले प्रयोग गर्दै आएको पार्किङ स्थललाई आफूहरुले पनि प्रयोग गर्न पाउनुपर्ने माग गोरखकाली यातायात प्रालिको छ । ‘एकै प्रकृतिको व्यवसाय, फेरी राज्यको नियम अनुसार दर्ता गरेर आएका छौ, हामीले पनि सहज रुपमा सेवा दिन पाउनुप¥यो भन्ने हाम्रो माग हो,’ गोरखकाली यातायात प्रालिका महासचिव शिवहरी तिमिल्सिनाले भने । बसपार्क, हरमटारी र बाह्र किलोमा रहेको ट्याक्सी पार्किङ स्थलमा आफूहरुको ट्याक्सी पनि पार्क गर्न पाउनुपर्ने उनले बताए ।

गोरखा मनकामना यातायात प्रालिले भने आफूहरुको भन्दा अन्यत्र पार्किङ गर्न सुझाव दिदै आएको छ । ‘हामीले उनीहरुलाई रोकतोक केही गरेका छैनौ, मात्र यति हो की एकै ठाउँमा दुई समितिका ट्याक्सीहरु पार्किङ गर्दा यात्रु तानातान हुने र व्यवसायी बिच नै विवाद भएर हानाहान हुन सक्छ भन्ने हो, त्यसैले सँगै भन्दा पनि हामीले पार्किङ गर्ने ठाउँको एक सय मिटर आसपास उनीहरुले पार्किड गर्दा राम्रो हुन्छ भन्ने हाम्रो भनाइ हो,’ प्रालिका अध्यक्ष सुरेन लामिछानेले भने ।

दुई समिति मर्ज गर्नका लागी आफूहरु तयार रहेपनि गोरखकाली यातायात प्रालि सहमत नभएको उनले बताए । ‘मर्जका लागी केही दिन अघि वडाध्यक्षको रोहवरमा छलफल पनि ग¥यौ, तर उनीहरु समितिमा छलफल गरेर आउछौ भनेर वेपत्ता भए,’ लामिछानेले भने । हाल गोरखा मनकामना यातायात प्रालि मातहत ७७ वटा र गोरखकाली यातायात प्रालि अन्तरगत १६ वटा ट्याक्सी छन् ।

पार्किङको विवाद समाधानका लागी यसअघि नगरपालिका, वडा र इलाका प्रहरी कार्यालयमा पटक पटक छलफल भएपनि सहमति हुन सकेको छैन ।

पार्किङको विवाद समाधानका लागी प्रशासनको प्रयास के रहन्छ भन्ने बिषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलाई टेलिफोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.