१५ साउन, गोरखा । गोरखा चेम्वर अफ कमर्सको अध्यक्षमा पुनः भाइचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार भएको दोस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
सदस्यहरुमा बिनोद बाबु अर्याल, अरविन्द कुमार गुप्ता, सुर्यमाया श्रेष्ठ, सीता श्रेष्ठ, ज्ञानु अधिकारी अर्याल, प्रताप ढकाल, सीता कुवँर, सुजन गर्ताैला, कविता अर्याल, रामशरण कोइराला र बिष्णु बहादुर राना रहेका छन् ।
रामस्वरुप श्रेष्ठ, कृष्ण प्रसाद लामिछाने, सुमेन्द्र श्रेष्ठ, शिशु बाबु प्रधान, शिव कुमार श्रेष्ठ, सुनिता घलान, सुस्मिता घले, आश कुमारी गुरुङ, सीता गुरुङ, बिशाल राना, कमल नारायण श्रेष्ठ र अशोक बाबु राना पनि सदस्यमा निर्वाचित भएका छन् । पदाधिकारी आइतवार चयन गरिने बताइएको छ ।
त्यस्तै नेपाल ओमन चेम्वर गोरखाको अध्यक्षमा ज्ञानु अधिकारी अर्याल चयन भएकी छन् । शनिवार सम्पन्न दोस्रो अधिवेशनले अर्यालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा पूर्ण कुमारी प्रधान शाही, सचिव सुर्य माया श्रेष्ठ, कोषाध्यक्ष शर्मिला वाग्ले, सह–सचिव गोमा पोखरेल रहेका छन् ।
सदस्यहरुमा सानुमाया खड्का, सरस्वती पोखरेल, गीता मल्ल र नैना सिंखडा चयन भएको बताइएको छ ।



































