२६ साउन, गोरखा । जिल्ला समन्वय समिति गोरखाको निवर्तमान समितिलाई बिदाइ गरिएको छ । बिहीवार जिसस हलमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बिदाई गरिएको हो ।
नवनिर्वाचित जिसस प्रमुख एवं उपप्रमुखले दोसल्ला र खादा ओडाएर उनीहरुलाइ बिदाइ गरेका हुन् । उनीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।
कार्यक्रममा जिसस प्रमुख मोहन बहादुर थापा, उपप्रमुख लिला परियार, निर्वतमान प्रमुख अशोक गुरुङ, निवर्तमान उपप्रमुख जनुका अधिकारी, निवर्तमान सदस्य मान प्रसाद धिताल, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नवनिर्वाचित प्रमुख, उपप्रमुख एवं सदस्यहरुको स्वागत समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































