२९ साउन, गोरखा । नेपाल जेसीज क्षेत्र ‘ख’ को सम्मेलन गोरखामा हुने भएको छ । यही भदौ ३ र ४ गते हुने सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने छन् ।
गोरखा जेसीजले आइतवार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रचण्ड आउने जानकारी गराएको हो । सदरमुकाम स्थित गोरखा संग्रहालय परिसरमा हुने कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तरगत रहेका बिभिन्न शाखाहरुको उपस्थिती रहने सम्मेलन संयोजक भगवानबाबु मास्केले बताए ।
‘बिभिन्न जिल्लामा गरी हाम्रो ४९ वटा शाखा छन्,’ उनले भने, ‘सबै गर्दा ६ सय जनाभन्दा बढीको सहभागीता हुने अनुमान गरेका छौ ।’
दुई दिनसम्म चल्ने सम्मेलनमा प्रकरण गोष्ठी, बिभिन्न तालिम, बैठक र सम्मानका कार्यक्रमहरु हुने उनले जानकारी दिए ।
जिल्लाका पर्यटकिय स्थलको दृष्यावलोकन सँगै बिभिन्न जातजातीको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम एवं झाँकी प्रर्दशन पनि हुने बताइएको छ ।
आन्तरिक तथा बाह्य रुपमा जिल्लाको परिचय गराउँदै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले गोरखामा कार्यक्रम गर्न लागिएको मास्केले बताए ।
शाखा अध्यक्षहरुलाई निपूर्ण बनाउने र जुनियर जेसीज क्षमता अभिवृद्धि गर्ने उदेश्य पनि कार्यक्रमको रहेको बताइएको छ । सम्मेलन गर्न करिव ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।



































