१७ भदौ, गोरखा । दशै पर्वलाई लक्षित गर्दै पालुङटार नगरपालिकामा दोस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा असोज ३ गतेदेखि महोत्सव हुन लागेको हो ।
पालुङटार नगरपालिका–५ ठाटीपोखरी स्थित समीचौतारा मैदानमा हुने महोत्सव ११ गतेसम्म चल्ने बताइएको छ । स्थानीय व्यापारसँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको संघका अध्यक्ष मान बहादुर आले मगरले बताए ।
‘ग्रामिण भेगका उपभोक्तालाई किनमेलमा सहज होस् भन्ने लक्ष्य पनि हो,’ उनले भने, ‘कृषि तथा पर्यटन उद्योग तथा व्यापार प्रवद्र्धन गर्ने उदेश्य पनि हो ।’ महोत्सवमा करिव एक सय स्टल रहने बताइएको छ ।
स्टलमा भाडा, कपडा तथा कृषि उपजहरु बिक्रीका लागी राखिने छन् । कृषि उत्पादनलाई बिशेष प्राथमिकता दिइने संघका सुरज श्रेष्ठले बताए । महोत्सव अवधिभर दोहोरी गीत प्रतियोगीता पनि हुने छ ।
महोत्सवको करिव ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । २४ वटा उपसमिति निर्माण गरेर महोत्सवको तयारीको काम अघि बढीरहेको संघले जनाएको छ ।



































