Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा क्षेत्र नम्वर २ बाट चुनाव लड्ने भट्टराईको घोषणा

१८ भदौ, गोरखा । डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । शनिवार गुह जिल्ला गोरखामा पत्रकार भेटघाट गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

Advertisement

‘गोरखा जिल्ला मेरो पहिले देखिको निर्वाचन क्षेत्र पनि हो,’ उनले भने, ‘फेरी अहिलेसम्म यसअघि जसले जहाँबाट जितेको छ त्यहीबाट चुनाव लड्ने भन्ने गठवन्धनका दलहरु बिच सहमति पनि छ, त्यसैले गोरखा क्षेत्र नम्वर २ स्वतः मेरो भागमा पर्छ ।’ यसको औपचारिक टुङ्गो लाग्न भने बाँकी रहेको उनले जानकारी दिए ।

गठवन्धनमा रहेका दलहरु मिलेर संयुक्त रुपमा चुनाव लड्ने बताउदै उनले भागवण्डा केही दिनमा टुङ्गो लाग्ने जानकारी गराए । यसपटकको चुनावमा गठवन्धनभित्र पनि माओवादी केन्द्रसँग तालमेल गर्ने र हसिया हतौडा चुनाव चिन्ह लिएर निर्वाचन लड्ने उनको भनाइ छ ।

यसपटकको निर्वाचनमा आफूलाई कुनै दल बिशेषको भन्दा पनि सबैको साझा उमेदवारको रुपमा बुझिदिन उनले आग्रह समेत गरेका छन् । गठवन्धनकै अन्य दलहरुले पनि गोरखा क्षेत्र नम्वर २ का लागी उम्मेदवारको नाम सिफारिस गरेर पठाएका छन्, तपाईको सिट सुरक्षित छ त ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सिफारिस सबै दलले गर्छन्, त्यो औपचारिक प्रक्रिया हो, तर अन्तमा टुङ्गो लगाउने केन्द्रले हो, केन्द्रमा हामी तालमेल गरेर जाने सहमति भइसकेको छ, त्यही अनुसार निर्णय हुन्छ ।’

गोरखाको एउटा प्रदेश निर्वाचन क्षेत्रमा पनि आफ्नो पार्टीको दावी रहने उनले बताए । तर कुन प्रदेश क्षेत्र भन्ने एकीन भइनसकेको उनले जानकारी दिए ।

‘यसअघि गोरखा क्षेत्र नम्वर २ को ‘क’ प्रदेश क्षेत्र जितेकाले एउटा प्रदेश क्षेत्रमा हाम्रो दावी जायज हो, तर कुन भन्ने अहिले थाहा छैन,’ उनले भने ।

शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.