१९ भदौ, गोरखा । नेपाल समाजवादी पार्टी गोरखाको जिल्ला कमिटि पुनर्गठन भएको छ । शनिवार भएको पहिलो विस्तारित बैठकले जिल्ला कमिटि पुनर्गठन गरेको हो । पुनर्गठित पार्टीको जिल्ला अध्यक्षमा यान प्रसाद भट्ट चयन भएका छन् ।
उपाध्यक्षमा सुकदेव तामाङ, राजेश आले र पूर्णमाया वन्त रहेका छन् । सचिवमा तेजबहादुर गुरुङ, सहसचिव गणेश कार्की चयन भएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर बावुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको बैठकले जिल्लामा एक सय ७५ सदस्यीय जिल्ला कमिटि पुनर्गठन गरेको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































