१९ भदौ, गोरखा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी गोरखा क्षेत्र नम्वर २ बाट मिलन चक्रे गुरुङको नाम सिफारिस भएको छ ।
नेकपा एमाले क्षेत्र नम्वर २ को क्षेत्रीय समन्वय कमिटीले आइतवार संघतर्फ चक्रे सहित अन्य दुई जनाको नाम सिफारिस गरेर जिल्लामा पठाएको हो । सिफारिस हुने अन्य दुई जना डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमाल रहेका छन् ।
एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङले भने सिफारिस जिल्लामा आइनसकेको तर मिलनले आकांक्षा व्यक्त गरेको बताएका छन् । ‘उहाले आकांक्षा व्यक्त गर्नुभएको छ, भोली हाम्रो जिल्ला कमिटीको बैठक छ त्यसमा क्षेत्रीय समन्वय कमिटीको सिफारिस आउला,’ उनले भने ।
तर क्षेत्रीय समन्वय कमिटीले भने चक्रे सहित अन्य दुई जनाको नाम सिफारिस गरेर पठाइसकेको जानकारी दिएको छ ।
लामो समयदेखि काठमाण्डौ बसेर पेशा व्यवसाय गर्दै आएका गुरुङ करिव तीस बर्षदेखि एमाले राजनीतिमा लागेको एमाले जिल्ला नेताहरु बताउछन् । उनीहरुका अनुसार २०५६ सालको निर्वाचनमा पनि चक्रे उमेदवार बन्न खोजेका थिए ।
उनी बिगतमा विवादास्पद गतिविधीमा संलग्न रहदै आएका थिए ।



































