२३ भदौ, गोरखा । जन्मदिनको अवसर पारेर गोरखा सदरमुकाममा रक्तदान कार्यक्रम गरिएको छ । लियो क्लव अफ गोरखाका अध्यक्ष वालकृष्ण परियार र सदस्य सुनिल श्रेष्ठको जन्मदिनमा विहिवार कार्यक्रम गरिएको हो ।
लियो क्लव अफ गोरखा, टेलरिङ व्यवसायी संघ गोरखा र सचेत तथा बुद्धिजिवि युवा संजालको संयुक्त आयोजना एवं नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाको प्रविधिक सहयोग र रिलायवल नेपाल लाइफ ईन्स्योरेन्स लिमिटेड आवुखैरेनी शाखा तनहु र लायन्स क्लब अफ गोरखाको समन्वयमा भएको कार्यक्रममा २१ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक समिर तामाङले बताए ।
बालकृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, रेडक्रस गोरखा शाखाका अध्यक्ष यदु विलास भट्टरार्ई लगायतले मन्तव्य राखेका थिए । गोरखामा स्थापना भएको ब्लड बैंकमा रगत अभाव नहोस् भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम गरिएको बताइएको छ ।



































