२४ भदौ, गोरखा । फुटपाथ अवरोध हुने गरी निर्माण सामग्री भण्डारण तथा व्यापार गर्नेलाई कारवाही हुने भएको छ । जिल्ला स्तरीय समन्वय समितिको शुक्रवार बसेको बैठकले फुटपाथमा गरिने व्यापारलाई हटाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको बैठकले पुशचौपाय सडकमा छाड्ने पुशधनीलाई पनि कारवाही गर्ने निर्णय गरेको छ । पार्किङलाई व्यवस्थित गर्नका लागी मूल सकडमा पार्किङ निशेष गरिने भएको छ ।
बसपार्कमा नै पार्किङको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई भनिएको छ । अव्यवस्थित पार्किङ गरी सडक अवरोध गर्नेलाई तत्काल कारवाही गरिने चेतावनी दिइएको छ । गोरखा आवुँखैरेनी सडकखण्डको आवश्यक ठाउँमा मर्मत गरी सडकलाई दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ ।
घुम्ति लगायतका स्थानमा मेटिएको अवस्थामा रहेका सडक संकेतहरु तत्काल अद्यावधिक गर्न, सम्भव भएका स्थानमा सडक ऐना राख्न र सडक छेउमा रहेका घाँस, झारपात र रुखका हाँगालाई काटछाट गर्न पनि भनिएको प्रजिअ आचार्यले बताए ।
राजमार्ग छेउमा घडेरी खन्दा वा शाखा बाटो निर्माण गर्दा नाली पुरिएमा सम्बन्धित व्यक्ति वा संस्थाले तत्काल सफा गर्नुपर्ने बताइएको छ ।



































