२६ भदौ, गोरखा । शिक्षकहरुको साझा संस्था नेपाल शिक्षक महासंघ जिल्ला समिति गोरखाको अध्यक्षमा गोपाल बाबु मरहट्टा चयन भएका छन् ।
शनिवार बसेको समितिको बैठकले उनलाई सर्वसम्मत अध्यक्ष पदमा मनोनित गरेको हो ।
यसअघि अध्यक्ष रहेका धु्रव भट्टले उमेर हद म्यादका कारण शिक्षण पेशाबाट अवकाश लिएपछि अध्यक्ष पद रिक्त रहेको थियो । सोही रिक्त पदमा मरहट्टालाई मनोनित गरिएको समिति सह–अध्यक्ष राजनबाबु कट्टेलले बताए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका बरिष्ठ उपाध्यक्ष समेत रहेका मरहट्टा गोरखा नगरपालिका–१० कुन्दुरटार स्थित महेन्द्र माविका प्रधानाध्यापक समेत हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































