Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

‘दिनको दश पटक पनि फोहोर उठाउन तयार छौ’

केही दिन देखि गोरखा नगर क्षेत्रको फोहोर नियमित उठ्न सकेको छैन । नियमित फोहोर नउठाएको भन्दै उपभोक्ता आक्रोशित छन् । नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको क्लिन गोरखा प्रा.लि. ले डम्पिङ साइडसम्म जाने सडकको समस्या देखाउदै आएको छ । नगर क्षेत्रको फोहोर व्यवस्थापन किन प्रभावकारी रुपमा हुन सकेन भन्ने बिषयमा हामीले क्लिन गोरखा प्रालिका संचालकमध्येका एक भगवानबाबु मास्केसँग कुराकानी गरेका छौ ः

Advertisement

शुरुका दिनमा दैनिक ३÷४ पटक नै फोहोर उठ्थ्यो, अहिले किन नियमित हुन सकेन ?

शुरुमा हाम्रो ल्याण्डफिल्ड साइड जाने बाटो एकदम ठिक थियो । निर्वाचनपछि नगरपालिकाले छुट्याएको केही रकमले ल्याण्डफिल्ड साइड जाने बाटो बनाउन थालेपछि करिव १५ दिन फोहोर लान सकेनौ । बाटो बनेपछि फेरी फोहोर उठाउन थाल्यौ । तर पछि बर्खा लाग्यो । बर्खा लागेपछि गाडी फसेर त्यहाँ जान सकेन अनि फोहोर फाल्न सकेनौ ।  उपभोक्ताले पैसा लिने तर फोहोर नउठाउने भन्ने गुनासो गर्नु स्वभाविक हो । समस्या कहाँ नेर भयो भने सम्झौता अनुसार हामीले हाम्रो सबै दायित्व पुरा ग¥यौ तर नगरपालिकाले गरेन । अर्काे कम्पनीले जिम्मा लिएको छ सबै कम्पनीले गर्नुपर्छ भन्ने टोलवासी र केही वडाध्यक्षहरुकै बुझाइ छ । यसले गर्दा पनि समस्या भएको छ ।

नगरपालिकाले सम्झौता अनुसारको काम गरेन भन्नु भयो । के गर्नुपर्ने थियो ?

फोहोर फाल्ने ल्याण्डफिल्ड साइड अहिले अस्थायी रुपमा छ । सम्झौता अनुसार स्थायी रुपमा ल्याण्डफिल्ड साइड बनाउनु पथ्र्याे । तर अहिले सम्म कतै खोजी गरेको देखिएन । गोरखा नगरपालिकालाई करिव ३० प्रतिशत तनाव त यही फोहोर मैला व्यवस्थापन का लागी हुन्थ्यो । तर त्यो तनाव हामीले जिम्मा लिएका छौ । उहाहरुले आवश्यक सहयोग गर्नुपर्ने हो तर नगरपालिकाको अहिलेको बजेटमा फोहोर मैला र वातावरणका लागी रकम नै विनियोजन भएको छैन । उहाहरुसँग हाम्रो सम्झौता अनुसार टोल टोलमा गएर कुहिने नकुहिने फोहोरको बारेमा सचेतनामूलक कार्यक्रम गर्ने भन्ने छ, तर उहाहरुले रकम नछुट्याएकाले तालिम दिन सकेका छैनौ ।

सार्वजनिक ठाउँमा डस्विन वितरण गर्न एक सय वटा डस्विन नगरपालिकाले दिने भन्ने थियो । तर अहिलेसम्म ५० वटा मात्र दिएको छ । उपलब्ध भएको बाडिसक्यौ तर आवश्यकता अनुसार सबै ठाउँमा बाड्न नसक्दा टोलवासी रुष्ट छन् । जे भएपनि हामीले फोहोर नउठाउने भनेका छैनौ, उठाइरहेकै छौ तर फाल्ने ठाउँको व्यवस्थापन नगरपालिकाले गरिदिनुप¥यो । मुख्य समस्या त्यही ल्याण्डफिल्ड साइडकै हो ।

सम्झौता कार्यान्वयनका लागी नगरपालिकालाई झक्झक्याउनु भएको छ त ?

नगरपालिकालाई त हामीले पहिले देखि नै भन्दै आएका छौ । प्रति लिटर ९८ रुपैया तेल हुदा हामीले काम शुरु गरेको हो । अहिले तेलको भाउ बढेर दोव्वर जस्तै भइसक्यो । यसमै हामीलाई मार परेको छ । नगरपालिकामा नयाँ नेतृत्व आइसकेपछि पनि हामीले कुरा राख्यौ । असार १४ गते लिखित रुपमा पनि दियौ । भदौमा फेरी हामीले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र केही वडाध्यक्षसँग बसेर कुरा राख्यौ । उहाहरुले कार्यपालिकामा कुरा लानुभयो तर केही वडाध्यक्षले ठेक्का लिनेले गर्ने हो भन्नुभयो । अपनत्व फिल गर्नुभएन । अहिले नगरपालिकाले फोहोरमा व्यवसाय गरिरहेको छ ।

२० प्रतिशत हामीसँग लिदै आएको छ । हाम्रो कुरा के छ भने खर्च कटाएर केही बच्यो भने त्यसको २० प्रतिशत दिने भन्ने हो तर उहाहरुको त्यो बुझाइ भएन । नौ महिनाको अवधिमा हाम्रो ५६ लाख खर्च भइसक्यो । तीन महिना अझै बाँकी छ । एक बर्षको खर्च करिव ८० लाख पुग्ने देखियो । तर अहिलेसम्म करिव ४६ लाख मात्र उठेको छ । कतिपयले महशुल नै दिएका छैनन् । कतिपय सरकारी कार्यालयले फोहोर फाल्ने तर पैसा नतिर्ने गरेका छन् । यातायात राख्ने ठाउँहरुमा हाम्रो कर्मचारीले दैनिक सरसफाइ गरिरहेको छ । तर यातायात प्रालिहरुले अहिले सम्म रकम दिएका छैनन् ।  हामीले पत्राचार समेत गरेका छौ तर केही प्रतिक्रिया आएको छैन । हाम्रो एउटा माग भनेको वडाले टोलवासीलाइ फोहोर उठाउन रसिद लिएर समन्वय गरिदिनुप¥यो भन्ने हो । सेवा लिन आउनेलाई वडाध्यक्षहरुले यस महिनाको फोहोरको शुल्क तिर्नुभयो भनेर सोधिदिनुभयो भने पनि हुन्छ । मुख्य कुरा समन्वय गरिदिनुप¥यो भन्ने हो ।

जे जस्ता समस्या भएपनि जिम्मा लिएपछि त फोहोर उठाउनु प¥यो नी ! होइन र ?

फोहोर उठेको छ । बर्षाका कारण ल्याण्डफिल्ड साइडसम्म जान नसकेर मात्र हो । नत्र हामी नियमित फोहोर उठाइरहेका छौ । दिनको दश पटक फोहोर उठाउन पनि तयार छौ । तर मुख्य समस्या भनेको ल्याण्डफिल्ड साइडको स्थायी रुपमा व्यवस्थापन हुन नसक्नु हो । देउरालीको फोहोर ल्याएर वडा नम्वर ८ मा फाल्नुपर्छ । तल्लो भेगको फोहोर तलै डम्प गर्न सके सहज हुन्थ्यो ।

आम्दानी भन्दा खर्च धेरै भन्नुभयो, कसरी ?

हामीसँग घरधुरीको एकीन डाटा थिएन । नगरपालिकाले करिव साढे १३ हजार घरधुरी छ भनेर आकलन गरेको थियो । त्यसमध्ये करिव पाँच हजार घरधुरी ग्राहक हुन्छन् भन्ने हाम्रो कल्पना हो । एउटा रेट राखेर हामीले उनीहरुसँग सेवा शुल्क उठाउन पाइन्छ भन्ने सोच राखेका थियौ तर नगरपालिकाले राजश्व समितिले गरेको निर्णय अनुसार शुल्क उठाउनुपर्छ भन्यो । त्यसमा पनि हाम्रो अपेक्षाभन्दा धेरै कम भयो ।
तैपनि करिव पाँच हजार ग्राहक भए खर्च उठाउन सकिन्छ भन्ने लागेर काम शुरु ग¥यौ ।

अहिले कतिपय ग्राहक नबन्ने भनेका छन् । कपितयले एक सय रुपैयाका लागी पनि आलटाल गर्दै भोली भोली भनेका छन् । कर्मचारीलाई तलव समयमै दिनुप¥यो । सहकारीबाट ऋण निकालेर तलव खुवाइरहेका छौ । समयमै सेवा शुल्क दिएमा हामीलाई पनि मार पर्ने थिएन । यो कुरा उपभोक्ताले बुझिदिनु प¥यो ।

अव के भयो भने नियमित फोहोर उठ्छ ?

मुख्य कुरा ल्याण्डफिल्ड साइडकै समस्या हो । त्यहाँ जाने बाटो बाह्रे महिना चल्ने हो भने हामी गाडी पनि थप्छौ । हामी नियमित फोहोर पनि उठाउछौ । अहिले बाटोकै कारण समस्या भएको हो । सेवा सुविधा हामी बढाउछौ । गल्ने, नगल्ने, पुन प्रयोग हुने फोहोरलाई छुट्याउने प्रयास गरिरहेका छौ । अव मुख्य समस्या पैसा नउठ्ने पनि हो । घाटा भयो भने त हामीपनि काम गर्न सक्दैनौ । यसमा नगरपालिकाले केही सहुलियत दिनुपर्छ । नगरपालिकाको एक रुपैया खर्च छैन फोहोर व्यवस्थापनमा । गाडी दिएको छ आवश्यक मर्मत, तेल र चालक खर्च हामीले व्यहोर्दै आएका छौ । ट्याक्टर पनि नयाँ ल्याइसक्यौ । काम गरिरहेका छौ, सेवा दिइरहेका छौ । तर बाटो नै नभएपछि के गर्ने ?

अन्त्यमा…

ल्याण्डफिल्डका लागी नगरपालिकालाई सबैले दवाव दिनुप¥यो । हामी सिकाइकै क्रममा छौ । केही गल्ती हुन सक्छ । त्यसलाई हामी सुधार गर्दै लैजान्छौ । उपभोक्ताहरुले सकारात्मक सुझाव दिएर सहयोग गरिदिनुप¥यो । फोहोर व्यवस्थापनमा सबैले अपनत्व लिएर सहयोग गरे कुनै समस्या छैन ।

बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘प्रभावकारी बिद्युत सेवाका लागी संरचना थप गर्नुपर्छ’
‘अब गोरखा बजारमा पानीको हाहाकार हुदैँन’
‘५९ हजार ऋणी सदस्यलाई ५ अर्ब ५० करोड कर्जा लगानी गरेका छौ’

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.